विष्णुुरुद्र उपाध्यायको निधनप्रति महासचिव विप्लवद्वारा श्रद्धाञ्जली व्यक्त

विष्णुुरुद्र उपाध्यायको निधनप्रति महासचिव विप्लवद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शुक्रबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै महान् सहिद नन्द न्यौपानेका बुवा एवम् जनक्रान्तिका महान् सहिद परिवार संगठन, नेपालका केन्द्रीय अध्यक्ष खुमा सुवेदीको ससुरा बुवा आदरणीय विष्णुुरुद्र उपाध्यायको माघ १४ गते ९० बर्षको उमेरमा भएको निधनप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

महासचिव विप्लवको वक्तव्यमा भनिएको छ, ‘हाम्रा महान् सहिद क.नन्द न्यौपानेका बुवा एवम् जनक्रान्तिका महान् सहिद परिवार संगठन, नेपालका केन्द्रीय अध्यक्ष क. खुमा सुवेदीको ससुरा बुवा आदरणीय विष्णुुरुद्र उपाध्यायको यहि ०७७ माघ १४ गते ९० बर्षको उमेरमा निधन भएको खवरले हामी निकै मर्माहत भएका छौं । १९८७/३/२ मा जन्म भई डोल्पा जिल्ला त्रिपुरा सुन्दरी न.पा.-१ मा बसोबास गर्दै आउनुभएका वहाँ क्रान्ति र परिवर्तनप्रति प्रतिबद्ध, निडर र हक्की स्वभावको हुनुहुन्थ्यो ।’

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘जनयुद्धका क्रममा अनेकौं धम्की र मानसिक यातनाहरुलाई सामना गर्दै हाल नयाँ क्रान्तिको पहलका क्रममा समेत प्रयत्क्ष भेटघाटको समयमा सहिद परिवारको तर्फबाट क्रान्ति र जिम्मेवारी बारे दिनुभएको मर्मस्पशी भावना र पे्ररणा अहिले पनि जीवन्त रहेको छ र सदैव हामीलाई मार्गदर्शन गरिरहनेछ । हामी आदरणीय बुवा विष्णुरुद्र उपाध्यायप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’ श्रद्धाञ्जली वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :