अमेरिकामा २ करोड ४८ लाख ११ हजार सङ्क्रमित, ४ लाख ११ हजारको मृत्यु

अमेरिकामा २ करोड ४८ लाख ११ हजार सङ्क्रमित, ४ लाख ११ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या २ करोड ४८ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ७४ हजार ३७८ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड ४८ लाख ९ हजार ८४१ पुगेको हो । सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ४७ लाख ८६ हजार ८८६ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

त्यसैगरी अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ४ लाख ११ हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ८०२ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या ४ लाख ११ हजार ५२० पुगेको छ । त्यस्तै उपचार गराइरहेका ९५ लाख ११ हजार ४३५ जनामध्ये २८ हजार ४१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :