ट्रेड युनियन महासङ्घद्वारा नेकपा नेता कञ्चनको रिहाइको माग

ट्रेड युनियन महासङ्घद्वारा नेकपा नेता कञ्चनको रिहाइको माग

काठमाडौँ : नेकपानिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले विज्ञप्ति जारी गरी नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्र्ताको रिहाइको माग गरेको छ । महासङ्घका संयोजक विनोद थापाले जारी गरेको विज्ञप्तिमा मजदुरविरोधी श्रम ऐन–कानुनको खारेजी र सरकारले मजुरहरूमाथि गरिरहेको दमन, धरपकड र गिरफ्तारीको पनि विरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली श्रमिकको भरोसायोग्य पार्टी नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवम् विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई केपी प्रशासनले गिरफ्तार गरेको प्रति घोर भत्र्सना गर्दै गिरफ्तारीमा पर्नुभएका नेता–कार्यकर्तालाई बिनासर्त अविलम्ब रिहाइका लागि हाम्रो सङ्गठन जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :