बहुआयामिक पाठशालाका फरक अनुभूति

हिरासत संस्मरण

बहुआयामिक पाठशालाका फरक अनुभूति

यातनाका हरेक दस्ताबेजमा आफ्नो नाम लेख्न एवम् नयाँ इतिहासको निर्माण गर्न लम्बे अभियानका अथक यात्री र योद्धाहरूका लागि हिरासत वा जेलको बसाइ खासै ठूलो विषय होइन । हाम्रो मुलुक र आमजनतालाई मुक्त गर्ने राजनीतिक अभियानमा करिब तीन दशकसम्म थुप्रै सङ्घर्षहरूमा विजय हासिल गर्दै आइरहेका छौँ । जीवन सङ्घर्ष मात्र होइन, सङ्घर्ष जीवन पनि हो । परीक्षा मात्र होइन, अग्निपरीक्षा पनि उत्तीर्ण गर्नुपर्दछ जसमा निरन्तर क्रान्ति र आजीवन क्रान्तिकारीपनको जरुरी छ ।

पार्टीको नयाँ योजना सम्प्रेषणको कार्यक्रमपछि कामको सिलसिलामा मङ्सिर ३ गते बेलुका साढे ८ बजे बुटवलमा पुगियो । ४ गते बिहान खानापछि काममा लाग्ने सोचेर कमरेड मीन (नेपाल) र म चिया पिउन तल झर्यौँ । बसेको घरको विपरीत दिशामा चिया मगाइयो । चिया पाक्दै थियो, एकजना अपरिचित एवम् शङ्कास्पद व्यक्तिले मोबाइल पसल कता छ भनेर सोध्यो । पसलकी दिदीले अलि पर सरेको छ भनेर जबाफ दिनुभयो । हामी चिया पिउँदै थियौँ । सोही व्यक्ति पुनः आएर हामीलाई हेरिरह्यो । जुँगा चल्यो कुरा बुझ्यो भनेझैँ हामी त्यहाँबाट निस्केर सेल्टरको छतमा पुग्यौँ । क्षणभरमा कमरेड निशानले पुलिस आएको जानकारी गराउनुभयो । पुलिसले दुईवटा गाडी लिएर आएको रहेछ । आकस्मिक उपाय लगाउन खोजे पनि कतै निकास देखिएन । कमरेड निशान तल झर्नुभयो । कमरेड मीन र म एक क्षण माथि नै बस्यौँ । सीआईडी (सिभिल) र बर्दीधारी जत्थाले माथि नै पुगेर ए तल झर्नुहोस् भन्यो । एकाएक हत्कडी झिकेर लगायो । हामीलाई नाम, ठेगाना र जिम्मेवारी पनि सोध्न थाल्यो । एकक्षण पार्टीनीति र तत्कालीन अवस्थाबीच तालमेल मिलाउने विषयमा किंकर्तव्यविमूढजस्तो भयो । अनि मैले सोचेँ– मिडिया र सामाजिक सञ्जालमा खुलासा भैहाल्छ, फरक नपर्ने गरी नाम, ठेगाना र जिम्मेवारी बताएँ । वीरेन्द्र खै त ? कहिले, कहाँबाट आएको र कहाँ बसेको भनी थप सोध्न थाल्यो । मैले को वीरेन्द्र ? भनेर प्रतिप्रश्न गरेँ । एकजना एकान्तमा गएर १३ नं. ले भने अनुसार र फोटोमध्ये दुईजना मात्र छन् सर भन्दै थियो । यस्ता १३ नं. वालाहरूलाई पार्टीले छोड्नेछैन । हामीलाई तल लगेरर कोठा कुन हो भनी सोध्यो । घरको तलमाथि घुमाएर कमरेड मीनको झोलासहित लिएर हामीलाई गाडीमा चढायो । वरपरका सबै मानिसको भीड, कोही मुखामुख गर्दै र कोही स्तब्ध थिए । गाडीमै मेरो मोबाइल खोसिए पनि झोलालगायत महत्वपूर्ण सामान सुरक्षित गर्न सफल भइयो । केही समयपछि बुटवल इलाका प्रहरी कार्यालयको मुद्दाफाँटमा लगियो । सबैले एकएक गरेर सोधपुछ गर्दै थिए । अलिबेरमा डीएसपीको कार्यकक्षमा लगियो । डीएसपी, दुईजना इन्सपेक्टर र अनुसन्धानको सईका बीचमा हामीलाई राखियो । गफगाफको तरिकामा सोधपुछ चलिरहेको थियो । परिवार छैनन् ? माया लाग्दैन ? परिवारले के भन्छन् ? भेटघाट हुँदैन ? भनेर सोध्यो । मैले देश, जनता र क्रान्तिमा लागेकोमा खुसी छन् र गर्व गर्छन् भन्दा ऊ हाऽहाऽहाऽऽ गर्दै थियो । डीएसपीले हामीलाई आक्रोशित पार्न यो भएन, फलानो धार्मिक कट्टरपन्थीझैँ अलि आत्मघाती बन्नुपर्छ, युद्ध चर्काउनुपर्यो । सुनसान छ, केही हुँदैन यस्तो पाराले । मलाई त चन्दा असुल्ने धन्दा जस्तो पो लाग्छ भनेर पाठ पढाउन खोज्यो । हामीले दृढतापूर्वक आफ्नो विषय राख्यौँ । बाहिर निस्कँदा एकजनाले सिंहजी त कठोर मान्छे पो हुनुहुँदो रहेछ भनेर चाप्लुसी गर्यो । मलाई नुनको सोझो गर्ने, सिता खाने र गीता गाउने तुच्छ जीवन जिउनेसँग छलफल गर्नुको कुनै औचित्य लागेन । महान् माओको ‘तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौँ’ भन्ने उक्तिको मलाई स्मरण भयो । त्यसपछि हिरासत कक्षमा कोचियो ।

त्यहाँभित्र नयाँ मान्छे आउँदा हुटिङ पो चलिरहेको थियो । एकजना नाइके कहलाउनेले हामीलाई भित्रको नियम पढाउन थाल्यो । अरू साथीहरूले परिचयको माग गरे । हामीले परिचय दियौँ । त्यसपछि सबैले आदरपूर्वक व्यवहार गर्न र जिज्ञसा राख्न थाले । नाइके भनिने भोड्का (नाम परिवर्तन) ले प्रतिव्यक्ति मान्छे हेरेर दुईदेखि पाँच सय रुपैयाँसम्म असुल्दोरहेछ । हामीले सोध्यौँ– केका लागि ? अगरबत्ती र लामखुट्टेको धुप किन्ने भनेपछि एक सयका दरले पैसा दिइयो । कारागार जाँदा बिचराले ३ हजार ५ सय असुलेर गयो । सबैले विरोध गरिरहेका थिए ।

महासचिव कमरेड विप्लवले ‘साम्राज्यवादले भौतिक विज्ञानमा गरिने आविष्कारमा पुरस्कार र समाज विज्ञानमा हुने आविष्कारमा मृत्युदण्ड दिने गर्दछ’ भनेझैँ हामी कुनै अपराधी होइनौँ तर ३६ दिन गैरन्यायिक ढङ्गले झूट्टो मुद्दा लगाएर दलाल पुँजीवादी सत्ताको सामाजिक दलाल फासिवादी सरकारको पुलिसले हिरासतमा थुन्यो । ‘क्रान्ति भनेको त्यस्तो परिवर्तन हो जसले पुरानोलाई आधारभूत रूपमा जरैदेखि उखेलेर फालिदिन्छ र सावधानीसाथ बिस्तारै, अलिअलि गरेर सकेसम्म कम क्षति होस् भन्ने दृष्टिकोणले पुनर्निर्माण गरिरहँदैन ।’

केही घन्टापछि हामीलाई पुनः मुद्दाफाँटमा लगियो । डीएसपीलगायत त्यहाँ बसेका थिए । हामी बसेको कोठामा खानतलास गरेर ल्याइएको भनिएको जिलेटिन र फ्युज वायर देखाउँदै यो के हो ? भनेर सोधियो । मैले खै के हो ? जिन्दगीमा पहिलोपटक देखियो भनेँ । हामीलाई मानसिक दबाब दिन डीएसपीले कासन गर्यो– जा–जा कमान्डो बोला । त्यसपछि पक्राउ र थुनुवा पुर्जी थमाउन खोजियो र कथित मुचुल्कामा हस्ताक्षर गर्न भनियो । मैले हिरासतमा राखेर केको पक्राउ पुर्जी ? हामीसँग नभएको सामग्रीको मुचुल्कामा किन हस्ताक्षर गर्ने नि ? भनेर प्रतिवाद गरेँ । त्यो किन बुझ्ने ? भनियो र केहीमा हस्ताक्षर पनि गरिएन । फकाउने र धम्क्याउने तरिका प्रयोग गर्दै भाडामा जीवन धान्नेहरूले हामीलाई सहयोग गर्नुपर्यो भन्दै थिए । तिनीहरूका विशेषज्ञ एवम् कमान्डो भनिनेलाई डीएसपीले सोध्यो– ए भन, यो के हो ? एउटाले अरिङ्गाल पोल्ने, अर्कोले माछा मार्ने र तेस्रोले बाटो खन्दा ढुङ्गा फुटाउने हो साब भन्यो । मलाई हाँसो उठ्यो । कथित विस्फोटक पदार्थ बरामद गरिएको मुचुल्कामा र पुर्जीमा फेरि हस्ताक्षर गर्न दबाब दिन थालियो । मैले यो सम्भव छैन, करेन्ट लगाएर बेहोस बनाएपछि मात्र औँठाछाप सम्भव होला भनेर चुनौती दिएँ । त्यसपछि मुचुल्कामा हस्ताक्षर गर्न नमानेको कागजमा सही गर्न भनियो र गरियो । दर्जनौँले उही प्रश्न सोध्दा लाग्थ्यो– यिनीहरूको पागलपन के हो ?

त्यसै दिन सरकारी वकिल कार्यालय र सम्मानित जिल्ला अदालतको ६ नं. इजलासमा उपस्थित गराइयो । माननीय न्यायाधीशले के भएको ? भनेर सोधे । हामीले पालैपालो यथार्थ बतायौँ । पाँच दिनको म्याद थपपछि पुनः बेलुका इलाकामा पुर्याइयो । हामी दुईजनालाई अलग कोठामा थुनियो । मैले किन अलग थुनेको भनेर सोधेँ । एकजना पुलिसले माथिको आदेश हो सर भन्यो । यो उनीहरूमा पैदा भएको आतङ्क र कायरता हो । तर हाम्रो विचार र आस्थालाई कहिल्यै अलग गर्न सक्ने छैनन् भन्ने लाग्यो । ‘गुप्तचर र सूचक व्यक्ति अत्याचारी शासकका मुख्य सहयोगी हुन् । मानिसको ध्यान अन्यत्र मोड्नु तथा आफूलाई आवश्यक बनाउन युद्ध गर्नु उनीहरूको प्रिय पेसा हो ।’ भन्ने अरस्तुको भनाइ सम्झना भयो । ‘कुनै चुनौती सुन्दा एवम् देख्दा डरलाग्दो भए पनि आइपुग्दा त्यसको सहज सामना हुन्छ’ भनेर फिडेल क्यास्ट्रोले भनेझैँ यसपटकको ३६ दिनको हिरासत बसाइ बहुआयामिक पाठशाला साबित भयो । हाम्रो मुलुकको सत्ताका विषयमा भित्रबाटै अध्ययन भयो । राजनीतिक विज्ञानले प्रशासन, पुलिस, जेल र अदालतलाई कुनै पनि राज्यसत्ताको साधन मान्दछ । हाम्रो राजनीति, आर्थिक, समाज, संस्कृतिलगायत विषयमा राम्रो अध्ययन भयो । अनेकौँ पात्र मात्र होइन, प्रवृत्तिसँग परिचित भइयो । आफन्त र पराइ अनि शत्रु र मित्रको मापन गर्ने सुवर्ण अवसर प्राप्त भयो । विपन्न एवम् दुःखी आत्माहरूलाई चिरशान्तिको कामना पनि । महासचिव कमरेड विप्लवले ‘साम्राज्यवादले भौतिक विज्ञानमा गरिने आविष्कारमा पुरस्कार र समाज विज्ञानमा हुने आविष्कारमा मृत्युदण्ड दिने गर्दछ’ भनेझैँ हामी कुनै अपराधी होइनौँ तर ३६ दिन गैरन्यायिक ढङ्गले झूट्टो मुद्दा लगाएर दलाल पुँजीवादी सत्ताको सामाजिक दलाल फासिवादी सरकारको पुलिसले हिरासतमा थुन्यो । ‘क्रान्ति भनेको त्यस्तो परिवर्तन हो जसले पुरानोलाई आधारभूत रूपमा जरैदेखि उखेलेर फालिदिन्छ र सावधानीसाथ बिस्तारै, अलिअलि गरेर सकेसम्म कम क्षति होस् भन्ने दृष्टिकोणले पुनर्निर्माण गरिरहँदैन ।’

(लेनिन, सङ्कलित रचनासङ्ग्रह, पाँचौँ संस्करण, खण्ड ४४, पृष्ठ २२१–२२९) ५ नोभेम्बर, १९२१

‘अहिले र समाजवादको पूर्ण विजयपछि सुनको महत्व’ भन्ने लेखमा लेनिनले उल्लेख गरेझैँ क्रान्तिको भीषणता एवम् महानता हामी सबैलाई अवगत नै छ । २७ अप्रिल, १९२० ‘केही निष्कर्षहरू’ मा ‘क्रान्ति– वर्गहरूको तीव्रतम् सङ्घर्षबाट प्रेरित करोडौँ मानिसहरूका समस्त मानवक्षमताहरू, वर्गचेतना, इच्छा, भावना र कल्पनाको विशेष उत्थान र तनावको समयमा कार्यान्वित गरिन्छ’ भनी लेनिनले उल्लेख गरेजस्तै हो– एकीकृत जनक्रान्ति । ‘राजनीति भनेको वर्गहरूबीचको सङ्घर्ष हो । सर्वहारा वर्गको दृष्टिकोण हो । आफ्नो स्वाधीनताका लागि सङ्घर्ष हो । बुर्जुवा व्यवस्थाको उत्तरदानलाई नष्ट पार्नु हो । नयाँ व्यवस्थाको निर्माण हो । राजनीति जनताको काम हो । सर्वहारा वर्गको काम हो र हामी आफ्नो कामको समयको ९० प्रतिशत बुर्जुवा वर्गका विरुद्ध सङ्घर्षमा लगाउँछाैँ ।’

(लेनिन, सङ्कलित रचनासङ्ग्रह, पाँचौँ संस्करण, खण्ड ४१ , पृष्ठ ३९८–४०८)

‘राजनीति भनेको वर्गहरूबीचको सङ्घर्ष हो । सर्वहारा वर्गको दृष्टिकोण हो । आफ्नो स्वाधीनताका लागि सङ्घर्ष हो । बुर्जुवा व्यवस्थाको उत्तरदानलाई नष्ट पार्नु हो । नयाँ व्यवस्थाको निर्माण हो । राजनीति जनताको काम हो । सर्वहारा वर्गको काम हो र हामी आफ्नो कामको समयको ९० प्रतिशत बुर्जुवा वर्गका विरुद्ध सङ्घर्षमा लगाउँछाैँ ।’

लेनिनले उल्लेख गरेजस्तै राजनीति कुनै रहर र बाध्यतामा खेल्ने खेल नभएर देश र जनताप्रतिको वास्तविक उत्तरदायित्व हो । यसमा न थकाइ, न त विश्राम नै हुन्छ । हाम्रो मुलुकको दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादको खातिर एकीकृत जनक्रान्तिको अपरिहार्यताबारे सर्वत्र छलफल एवम् बहस जरुरी छ । यो बहस सर्वत्र चलिरहेको पनि छ । वैज्ञानिक समाजवाद नयाँ विकल्प मात्र होइन, सम्पूर्ण समाधान हो ।

त्यसपछि हिरासतमा हाम्रो दिनचर्या बहस, छलफल, अध्ययन गर्दै बित्न थाल्यो । सबैसँग परिचय एवम् छलफल चलिरह्यो । त्यसै क्रममा मेरो गाउँका भानिजसँग भेट भयो । उहाँ मङ्सिर १ गते बुटवलमा सरुवा हुनुभएको रहेछ । खाली समयमा मामा–भान्जाबीच बाहिर–भित्र उभिएर बातचित हुन्थ्यो । उहाँलगायत चिनेका पुलिसका सबैले सहयोग पनि गरे । मलाई कामको सिलसिलमा भए पनि सानो कमजोरीले फरक जिल्लाको भूगोलबाट दुस्मनको नियन्त्रणमा परेको घटनाप्रति कहिलेकहीँ पछुतो लागिरहन्थ्यो । ‘मान्छेहरूमाथि जुन कुरा लागू हुन्छ निश्चित हेरफेरसहित राजनीति र पार्टीहरूमाथि पनि त्यही कुरा लागू हुन्छ । बुद्धिमान त्यो होइन जो गल्ती गर्दैन । त्यस्तो मान्छे छैन र हुन पनि सक्दैन । बुद्धिमान त त्यो हो जसले त्यति कडा गल्ती गर्दैन र सजिलैसँग र छिटो त्यस्ता गल्तीहरू सुधार्न सक्छ’, ३ नोभेम्बर, १९२० मा लेनिनले भन्नुभएको थियो । अहिलेको दुनियाँमा मान्छेहरू कारणभन्दा बाह्य रूप पक्षमा बढी आलोचनाको कोणले व्याख्या गर्ने गर्दछन् । आफूलाई विश्वसुन्दरी ठान्छन्, न कि उनको दिसा–पिसाब पनि विश्वसुन्दरी नै हो भन्न पछि पर्दैनन् । प्रत्येक परिणामको पछि कारण हुन्छ । झन्डै आधा घन्टा दुस्मन ढिला हुँदो त घटना अझै बढी गम्भीर हुने थियो । केही छैन, केही हुँदैन र सबै ठीक छ भन्ने अधिभूतवादी एवम् अधिभौतिकवादीका लागि पनि यो घटना एउटा पाठ बनेको छ । हरेक क्षतिमा दुस्मनको विजयभन्दा हाम्रो कार्यशैली एवम् लापर्बाहीले बढी काम गरेको छ । संसारमा सबैले कमजोरीमा नै आक्रमण गर्ने र सफलता पाउने गर्छन् । पाठ सिक्नुको तात्पर्य त्यसलाई दोहोर्याउनु होइन । सच्याएर अघि बढ्नु पनि हो ।

५ गते बिहान अनन्य भाइ मुक्ति (पत्रकार) पत्रपत्रिका लिएर भेटघाटमा आए । मुक्ति भाइको नियमित भेटघाट गर्न आएकोलगायत सबै सहयोगप्रति म धन्यवाद नदिइरहन सक्तिनँ । उनको उपस्थितिमा दुस्मनलाई औडाहा भइरहेको थियो । पुलिसले पछि त बहाना झिकेर किचकिच पो गरिरहेको थियो । डीएसपीले भाइ मुक्तिले हाम्रो फोटो खिचेको विषयमा मुद्दा चलाउँछु भन्दै थियो । मैले के अपराध हो ? फरक पर्दैन भनेँ । यो त दलाल राज हो, पुलिसराज होइन । फोहोर भाँडाको झिँगा मारेर भाँडो सफा हुँदैन । मिडियामा व्यापक प्रचार भएको रहेछ । मेचीकाली दैनिकले ‘विप्लवका पाल्पा इन्चार्ज सिंह पक्राउ’ भन्ने शीर्षकमा समाचार छापेको रहेछ । सामाजिक सञ्जालमा व्यापक भएछ, । थुप्रै अनलाइन र पत्रिकाहरूले समचार सम्प्रेषण गरेका रहेछन् । ४ गते साँझ नै जीवनसाथी र बच्चाबच्ची बस्ने भक्तपुरको कोठामा दलाल सत्ताका भाडाका टट्टुहरूले छापामारेको जानकारी भयो । मेरो पत्रकार परिचयपत्र, माओवादी पार्टीको पर्चा, बच्चाको पेनड्राइभ र उषाको बैङ्कका चेकबुक खोसेर लगेछन् । अझ बच्चाको ल्यापटप र मोबाइलमा पनि आँखा गाडेका रहेछन् । उषाले बच्चाको अनलाइन क्लास छ र यो हाम्रो हो भनेपछि उल्लिखित सामानको मुचुल्कामा घरधनीसहितलाई सही गर्न बाध्य पारिएछ । त्यहाँ पनि वरपर निकै हल्लाखल्ला चलेछ । पुलिसको त्यो ‘कीर्तिमान’ र ‘वीरता’ ले कथित मानवअधिकार र लोकतन्त्रको उपहास नै भइरहेको छ । हामीले पनि उनीहरूको घर, डेरा वा परिवारलाई खोज्न र त्यस्तै दुःख दिन नपरोस् ! अबोध एवम् निरपराध बालबालिकालाई पुलिसकै जस्तो गरी आतङ्कित गर्न नपरोस् ! घरधनीको मानवीय व्यवहार सुनेर खुसी लाग्यो । तल्लो टोलमा बस्ने एकजना चरित्रहीन महिलाले उषाको श्रीमान् पोखरामा दुई नम्बर धन्दा गर्छ रे, त्यहाँबाट पुलिसले पक्राउ पर्यो अरे । त्यसैले यहाँ कोठामा पुलिसले छापामारेको हो रे भनेर गोकुलकै शैलीमा मिथ्या प्रचार गरेको खबर सुन्दा मलाई उनीप्रति बढो टीठ जागेर आयो । देशव्यापी प्रचार–प्रसार, सकारात्मक–नकारात्मक क्रिया–प्रतिक्रिया चलेछ । बाहिर र भित्रैकाहरूले फूल र काँडाको आँखाले अवलोकन गर्न खोजेछन् । फूल र काँडाको आँखालाई पनि साधुवाद ! मेरो मानसपटलमा हरक्षण पार्टी, देश, जनता र नयाँ क्रान्तिको युगान्तकारी कार्यभार र भूमिका साथै जिल्लाका योजना एवम् कार्यक्रमहरूको विद्युतीय पङ्खा चलिरहन्थ्यो । मलाई महान् सहिद, बेपत्ता, घाइते, दलाल सत्ताको फासिवादी दमनका कारण बन्दी कमरेडहरू सुदर्शन, वीरजङ्ग, रणवीर, अनिल, ओम, माइला, आदर्श, सङ्गमलगायत सबैको स्मरण भइरहन्थ्यो । ‘एउटा लामो, कठोर र निर्मम युद्ध नलडी, जीवनमरणको लडाइँ नगरी, एउटा यस्तो लडाइँ जसमा धैर्य, अनुशासन, दृढता, अदम्यता र एउटै इच्छाको आवश्यकता हुन्छ, पुँजीजीवी वर्गमाथि विजय पाउन असम्भव छ ।’

‘बोल्सेबिकहरूको सफलताका आधारभूत सर्तहरूमध्ये एक’ मा लेनिनले भनेको मर्मस्पर्शी भनाइको मलाई स्मरण भयो । कहिले अदालतमा लगेर त कहिले अनलाइनबाटै पुलिसले म्याद थमाउँथ्यो । बेलाबेला हामी दुवैलाई पुलिसले कहिले सँगै त कहिले अलग मुद्दाफाँटमा बोलाएर बयानको नाटक देखाउँथ्यो ।

लेनिनले उल्लेख गरेजस्तै राजनीति कुनै रहर र बाध्यतामा खेल्ने खेल नभएर देश र जनताप्रतिको वास्तविक उत्तरदायित्व हो । यसमा न थकाइ, न त विश्राम नै हुन्छ । हाम्रो मुलुकको दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादको खातिर एकीकृत जनक्रान्तिको अपरिहार्यताबारे सर्वत्र छलफल एवम् बहस जरुरी छ । यो बहस सर्वत्र चलिरहेको पनि छ । वैज्ञानिक समाजवाद नयाँ विकल्प मात्र होइन, सम्पूर्ण समाधान हो ।

हिरासतमा लुटपाट, चोरी, राजस्व छली, सवारी दुर्घटना, वेश्यावृति, करणी, तस्करी, झैझगडालगायत विभिन्न कसुरमा आएका बन्दीहरूको घटना एवम् प्रवृत्तिको अध्ययन गर्दा हाम्रो मुलुकको समग्र चित्र देख्न सकिन्छ– कति कन्तबिजोग छ । व्यग्र प्रतीक्षाका १४ दिनपछि मेरो अनन्य भाइ प्रेम र कार्की सर हामीलाई भेट्न आउनुभएको रहेछ । डीएसपीको कार्यकक्षमा मलाई बोलावट भयो । के काम परेछ होला भन्ने लागेको थियो । डीएसपीको कार्यकक्षभित्र प्रवेश गर्नासाथ उहाँहरूसँग सात्क्षाकार भयो । निकै खुसी र गर्व पनि लाग्यो । डीएसपीले कालो चिया खुवाएर स्वागत गरे । हिरासतका सबैलाई प्रशिक्षित गरियो होला है भनेर सोधे । मैले भनेँ– अविरल चलिरहेको छ । सामान्य छलफल चल्यो । त्यसपछि मैले थप सल्लाहका लागि समयको माग गरेँ । पुलिसकै निगरानी र चौरमा के सल्लाह हुन्थ्यो ? बाहिरको अवस्था र पहलका विषयमा बुझियो । बिनासर्त एवम् निःस्वार्थ आत्मीय सहयोगप्रति दुवैजनालाई अन्तःस्करणदेखि नै आभारसहित साधुवाद । हिरासतमा थुप्रै शुभचिन्तकहरू भेटघाटमा आउँदा खुसी लाग्थ्यो साथै थप जिम्मेवारीबोध पनि हुन्थ्यो । भित्रका प्रायः दिनहरू सेक्सपियरका कथासङ्ग्रह, पत्रपत्रिका अध्ययन र बन्दी साथीहरूसँग छलफलमा बित्थ्यो । सेक्सपियरका कथाहरू अहिलेको सामाजिक जीवनमा पनि मिल्दाजुल्दा र मर्मस्पर्शी छन् । भित्र रहेका प्रायः सबैले हाम्रो पार्टीबाट ठूलो अपेक्षा गरिरहेको पाइयो । कतिपय साथीहरूले बाहिर गएर जनक्रान्तिलाई समर्थन, सहयोग गर्ने र सहभागी हुने प्रतिज्ञा पनि गर्नुभयो । पत्रपत्रिकाका लेखहरू हाम्रो पार्टीको विश्लेषणसँग सामीप्य हुँदै गएको देख्दा नयाँ उत्साह पैदा भइरहन्थ्यो । समाचारमा सामाजिक दलाल पुँजीपतिहरूका बीचमा हड्डीको लडाइँ देख्दा घृणा पैदा हुन्थ्यो । भित्रै बसेर वली र दाहालबीच यो वर्षकै उत्कृष्ठ दोहोरी पढ्न पाइयो । दलाल व्यवस्थाका कारण हजारौँ–हजार युवाहरू विकृति एवम् विसङ्गतिमा लागिरहेको देख्दा मलाई निकै पीडा र आक्रोश पैदा भइरह्यो । बिनाकाम एक क्षण पनि खाली बस्न नसक्ने मेरो बानीले कहिलेकहीँ तनाव पैदा भइरहन्थ्यो । हामीले अरूजस्तो दिनगन्ती भने गरेनौँ । सम्मानित उच्च अदालतको पहिलो रिट खारेज भयो । त्यसबेला नै वरिष्ठ अधिवक्ता आदरणीय ज्ञानु केसी र मीना महतसँग परिचय भयो । उहाँहरूसँगको भेटले ऊर्जा मिल्यो । कमरेड बीजीसँग छोटो कुरा पनि भयो । पटकपटकमा ६, ८, ४ नं. इजलासमा म्याद थपपछि २५ औँ दिन बितेछन् । २६ औँ दिनमा मङ्सिर ३० गते हामीलाई ७ नं. इजलासमा हाजिर गराइयो । पुलिसले भव्य तयारी गरेको थियो । हतियार, बुलेटप्रुफ ज्याकेट, भएका हतियार, कमान्डो फोर्स, दर्जनौँ सीआईडी परिचालन गरेको थियो । अदालतमा हाम्रो बयान भयो । सरकारी वकिलले १० वर्ष जेल र १ लाख जरिबाना माग गर्यो । प्रतिवादी (हाम्रो पक्षका) वकिलले संविधान, लोकतन्त्र, गणतन्त्रलगायत झूट्टो मुद्दाका विषयमा निकै जोडदार, तार्किक र कलात्मक बहस गर्नुभयो । त्यसै बिहान गाडीमा पुलिसको सईले तपार्इंहरूलाई पाल्पा बोलाइएको छ । थुन्न होइन, अदालतमा हो भन्दै थियो । माननीय न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासबाट बिनाधरौटी साधारण तारेखमा छोड्ने आदेश भयो । ज्ञानु केसी म्याडमले सबै अवस्थाको जानकारी एवम् आवश्यक सल्लाह दिइरहनुभएको थियो । तर त्यहाँबाट निकास सम्भव भएन । तारेख पुर्जी नबुझ्दै कथित कमान्डो आयो र हामीलाई समातेर गाडीमा कोच्यो । पुलिसको त्यस्तो रबैयाको वरिष्ठ अधिवक्ता ज्ञानु केसीले कडा विरोध गरिरहनुभएको थियो । दलालहरूको कथित कानुनी राज्यको उपहास भइरहेको देखियो । अदालतबाट निस्कँदा रात परिसकेको थियो । अबेर इलाकामा पुगियो । मैले पुलिसलाई भनेँ– राती पाल्पा गइँदैन । तपाईंको हाकिमलाई भनिदिनुहोस् । केही समयपछि हजुरको काम बन्यो सर भन्न आयो ।

पुस १ गते बिहान साढे ९ बजे पाल्पाबाट गाडी आयो । खानापछि पाल्पातर्फ प्रस्थान गरियो । जिल्लामा भएका एसएलआर सबै लिएर आएको पुलिसले कडा सुरक्षासहित लग्यो । अस्पतालमा लगेर स्वास्थ्य जाँचको नाटकपछि सम्मानित जिल्ला अदालतमा हाजिर गराइयो । एक छिनपछि कमरेड मीनको बयान सुरु भयो । उहाँलाई तीनवटा मुद्दा लगाइएको रहेछ । करिब डेढ घन्टापछि मलाई पनि बोलाइयो । दिन बितिरहेको थियो । केही समयमा बहसका लागि भित्र बोलाइयो । रूपन्देहीमा नै थाहा भयो, पाल्पामा कथित अपराध प्रवेश तथा अपराध उपद्रवको मुद्दा थोपरिएको रहेछ । पाल्पामा क्रान्तिका अदृश्य मित्रहरूले अविस्मरणीय सहयोग गर्नुभयो । त्यहाँ पनि माननीय न्यायाधीश धनबहादुर केसीको इजलासबाट बिनाधरौटी साधारण तारेखमा छोड्ने आदेश भयो । त्यहाँबाट पनि निकासको थुप्रै प्रयास भयो । ठूलो सङ्ख्यामा बर्दीधारी एवम् हतियारधारी पुलिसको घेराबन्दी र बिनाबर्दीका पुलिसको भित्री घेरा तोड्न सम्भव भएन, अनावश्यक ठानियो । बेलुका सात बजे अदालतको गेटमा नपुग्दै पुनः गिरफ्तार गरेर राती १० बजे गुल्मी तम्घास पुर्याइयो । त्यो दिन भोकै बसियो । ११ बजे अस्पताल लग्यो । १२ बजे मात्र हिरासतमा कोचियो र कथित अभद्र व्यवहारको झूट्टा मुद्दा थोपरियो । भोलिपल्ट वकिल कार्यालय र जिल्ला प्रशासनमा लगेर १० दिनको म्याद थपेको रहेछ । गुल्मीमा भेटघाटमा आउनेको सङ्ख्या पातलो थियो । त्यहाँ पनि क्रान्तिका अदृश्य मित्रहरूको सहयोग प्रशंसनीय रहेको छ । ९ औँ दिनमा सम्मानित उच्च अदालतमा रिटपछि माननीय न्यायाधीश अग्निप्रसाद थपलिया र हरिप्रसाद पौडेलको इजलासले छोड्ने आदेश दियो । हामी बेलुकाको खाना खाइरहेका थियौँ । खबर आयो– छिटो खानू, माथि जाने हो । खानापछि हामीलाई हिरासत कक्षबाट निकालियो र माथिल्लो तलामा लगियो । त्यहाँ दलाल सत्ताका एसपी, डीएसपीलगायत विराजमान थिए । हामीलाई ठाडो शैलीमा सोधियो– अब के गर्नुहुन्छ ? प्रचण्डहरूको हविगत देख्नुभएकै होला । कति वर्षको हुनुभयो ? हामीले सबै देखियो र बुझियो । यस्तोमा लाग्नु हुँदैन… एसपी उपहासपूर्ण पाठ पढाउँदै थियो । हामीले कडा प्रतिवाद गर्यौँ– क्रान्ति हाम्रो जीवन र भविष्य हो । आस्था राख्नु हाम्रो नैसर्गिक अधिकार हो । तपाईंहरू के पार्टीले लिने हरेक कदमको सामना गर्न तयार हुनुहुन्छ ? देश र जनताको अवस्था कस्तो छ ? क्रान्ति अपरिहार्य छ ।

‘कम्युनिस्टहरू आफ्ना दृष्टिकोण र उद्देश्यहरूलाई लुकाउनु घृणास्पद कार्य ठान्छन् । उनीहरू हाकाहाकी घोषणा गर्दछन्– सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलपूर्वक ध्वस्त पारेपछि मात्र उनीहरूको उद्देश्य पूर्ति हुनसक्छ । साम्यवादी क्रान्तिको डरले शासक वर्गहरू थर्कमान होऊन् । सर्वहारावर्गले यसमा आफ्ना हतकडीशिवाय अरू केही गुमाउनु पर्दैन, बरु सम्पूर्ण संसार नै उनीहरूले प्राप्त गर्न सक्छन् ।’

१०–१५ मिनेटमै छिटो तल ल्याउनू भन्ने खबर आयो । हामीलाई अग्रीम जानकारी थियो, आज खुला संसारमा गइन्छ । एसपीले भने– भोलि बिहान ९ बजे जिप्रकामा आउनुहोला । सीडीओ कार्यालय जाउँला । हामी पनि हुन्छ भन्दै बाहिर निस्कियांँ । स्पष्ट छ– यो नुनको सोझो र सिताको गीता हो । हामी भने यो गीत गाइरहन्छौँ, अघि बढिरहन्छौँ । पुलिसकै एकजना मित्रले मलाई भोलि आई पो हाल्छन् कि सोचेर सङ्केत गर्दै थिए । त्यसपछि सम्मानित जिल्ला अदालततर्फ लगियो । बेलुका करिब ७ बजेसम्म कर्मचारीहरू सहयोगी भावनासहित हामीलाई पर्खेर बसेको देख्दा खुसी लाग्यो । हामीले जिल्ला बार र अदालतकै कर्मचारीको रोहवरमा छोड्ने कागजमा सही गर्यौँ । पुलिस साथीहरू सम्पर्क नम्बर मागेर फर्किए । हामीसँग एक पोज फोटो खिच्ने कर्मचारीको रहर पनि पूरा गरियो ।

हामी आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्यौँ । अनन्य भाइ प्रेमसँग पहिलो सम्पर्क भयो । त्यसपछि भाइ विकल्प र कमरेड बीजीसँग पनि फोनमा सल्लाह भयो । तम्घासबाट राती २ बजे मात्र पहिलो सम्पर्कमा पुगियो । भोलिपल्ट सबैसँग सम्पर्क गरियो र माथि पनि खबर पठाइयो । लगत्तै पार्टीको नयाँ योजना सम्प्रेषण र बैठकको खबर आयो । कमरेड मीनलाई घरबिदामा पठाएर म त्यसतर्फ प्रस्थान गरेँ । बहुअपेक्षित एवम् प्रतीक्षित नयाँ योजना र कार्यक्रमले थप नयाँ उत्साह र ऊर्जा भरिदियो ।

सङ्घर्ष, बलिदान र विजयको विगत निकै गौरवपूर्ण छ । वर्तमान चुनौतीपूर्ण देखिए पनि भविष्य उज्ज्वल छ । ‘कम्युनिस्टहरू आफ्ना दृष्टिकोण र उद्देश्यहरूलाई लुकाउनु घृणास्पद कार्य ठान्छन् । उनीहरू हाकाहाकी घोषणा गर्दछन्– सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलपूर्वक ध्वस्त पारेपछि मात्र उनीहरूको उद्देश्य पूर्ति हुनसक्छ । साम्यवादी क्रान्तिको डरले शासक वर्गहरू थर्कमान होऊन् । सर्वहारावर्गले यसमा आफ्ना हतकडीशिवाय अरू केही गुमाउनु पर्दैन, बरु सम्पूर्ण संसार नै उनीहरूले प्राप्त गर्न सक्छन् ।’

(माक्र्स–एङ्गेल्स, सङ्कलित रचना, खण्ड १, पृष्ठ ८५)

महान् माक्र्सले भनेझैँ स्पष्ट छ– हाम्रो पार्टी भयानक प्रतिक्रान्तिलाई नयाँ एकीकृत जनक्रान्तिमा र विगतमा सम्झौता एवम् धोकाबाट पैदा भएको निराशालाई नयाँ आशा एवम् विश्वासमा बदल्दै अघि बढिरहेको छ । सामाजिक साम्राज्यवादी र संशोधनवादीहरूको पराजयलाई समाजवाद–साम्यवादको असफलता एवम् अन्त्य देखाउने, बकबास गर्ने र ऐलान गर्ने साम्राज्यवादी (संशोधनवादी) हरूको हल्ला हावामा उड्दैछ । मरणासन्न विचार र सत्ताको बुख्याँचालाई जिउँदो मान्छे बनाएर जनता ठग्ने दाउ प्रतिबन्ध जनताले खारेज गरिसकेका छन् । आफ्नो गल्ती छोप्न र क्रान्तिको महासागरबाट बच्न झूट्टा मुद्दा, व्यापक गिरफ्तारीका रूपमा दलालहरूले राज्यआतङ्क मात्र होइन, फासिवादी दमन गरिरहेका छन् । साम्राज्यवादीहरूका अत्याधुनिक जेस्टार जासुसी भूउपग्रह, लेजर निर्देशित आईसीबीएम, ड्रोन आदि जनताका सामु नकाम छन् । दलालहरू हो ! कमरेड धर्मेन्द्रहरूलाई गिरफ्तार गरेर तिम्रो विनास (मृत्यु) टर्नेवाला छैन । ‘समस्त बुर्जुवा पार्टीहरूको पतन र सर्वहारा वर्गको प्रौढता दिन–प्रतिदिन बढ्दोछ’ लेनिनले भनेझैँ एकीकृत जनक्रान्तिले नयाँ उचाइ हासिल गरिरहेको छ । तिमीहरू टाउकाको मूल्य तोक, प्रतिबन्ध लगाऊ वा फासिवादी दमन गर, अन्तिम जित जनताकै हुनेछ । स्वाधीनता, शान्ति, समानता र समृद्धिका खातिर वैज्ञानिक समाजवाद नयाँ विकल्प र सम्पूर्ण समाधान हो । नेपाली जनताले तिरेको करबाट तलब खाने सेना र पुलिसका जवानहरू, दलालहरूको फाइदाका लागि ठाडो आदेशको भरमा भाडाका हत्याराको काम गर्न अब बाध्य हुनु हुँदैन । जेल–हिरासतमा रहेका नेता–कार्यकर्ताहरूको रिहाइका लागि सबै पहल जरुरी छ । हाम्रो रिहाइका लागि पहल एवम् सहयोग गर्नुहुने माननीय न्यायाधीश, वकिल, मानवअधिकारवादी, पत्रकार, कर्मचारीलगायत सबैलाई हार्दिक आभारसहित धन्यवाद ।

५ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :