विश्वभर कोरोनाबाट २० लाख एक हजार २०९ जनाको मृत्यु

विश्वभर कोरोनाबाट २० लाख एक हजार २०९ जनाको मृत्यु

काठमाडौँ : विश्वभर शुक्रबार बिहानसम्म कोरोना भाइरस सङ्क्रमणबाट २० लाख १ हजार २०९ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा मात्र १५ हजार २८१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गत २४ घन्टामा ७ लाख ४७ हजार ३१७ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ९ करोड ३५ लाख ७ हजार ९४२ पुगेको छ । कुल सङ्क्रमितका आधारमा मृत्यु हुनेको सङ्ख्या २.१४ प्रतिशत रहेको छ ।

कुल सङ्क्रमितमध्ये २६.४२ प्रतिशत सक्रिय सङ्क्रमित छन् । २ करोड ४७ लाख ८ हजार ८५५ जना अहिले उपचार गराइरहेका छन् । यसमध्ये १ लाख ११ हजार ७३१ जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

सङ्क्रमणबाट विश्वमा सबैभन्दा धेरै प्रभावित अमेरिकामा २ करोड ३८ लाखभन्दा बढी सङ्क्रमित भएका र ३ लाख ९७ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको पनि जनाइएको छ । यस्तै भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायत, टर्कीलगायत मुलुकमा पनि सङ्क्रमण बढी हुने मुलुकमै रहेका छन् ।

यसैबीच नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५१ हजार ९५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :