देशभर मौसम बदली, तराईमा बाक्लो हुस्सु

देशभर मौसम बदली, तराईमा बाक्लो हुस्सु

काठमाडौँ : दक्षिणपूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले शुक्रबार पनि मुलुकभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तापक्रममा हल्का गिरावट आउनुका साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु् र कुहिरोसमेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

तीन दिनको मौसम पूर्वानुमान यसप्रकार रहेको छ :

माघ २ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

माघ ३ गते (शनिबार)

दिउँसो : प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

माघ ४ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :