विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ लाख ६८ हजार ४१६ पुग्यो

विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ लाख ६८ हजार ४१६ पुग्यो

काठमाडौँ : विश्वमा बुधबार बिहानसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ लाख ६८ हजार ४१६ पुगेको छ । गत २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै १५ हजार ५ सयजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने ६ लाख ५१ हजार ५२९ सङ्क्रमित थपिएको वल्र्डोमिटर्सले जनाएको छ । अहिलेसम्म ९ करोड १९ लाख ७६ हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको पनि समाचारमा उल्लेख छ ।

त्यसमध्ये सक्रिय सङ्क्रमित रहेका २ करोड ४२ लाख ७ हजार ८८२ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख १० हजार ८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । सङ्क्रमितमध्ये ६ करोड ५८ लाख ६८२ जनाले भने कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ लाख ८९ हजार ४२५ पुगेको छ ।

अमेरिकामा एकै दिन २ लाख १२ हजार ४०४ जना सङ्क्रमित थपिएपछि सङ्क्रमितको कुल सङ्ख्या २ करोड ३३ लाख ५८ हजार ५०८ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९१ लाख ५७ हजार ९१७ रहँदा २९ हजार २१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बढी कोरोना प्रभावित मुलुकमा दोस्रो स्थानमा रहेको भारतमा सङ्क्रमित सङ्ख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको छ भने अहिलेसम्म १ लाख ५१ हजार ५४२ जनाको मृत्यु भएको छ ।

नेपाल भने कोरोना सङ्क्रमित मुलुकको सूचीमा ४२ औँ स्थानमा छ । नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ६५ हजार ६९८ पुगेको छ भने १ हजार ९३२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :