जनगणतन्त्र कोरियाको महासचिवमा किम जोङ उन निर्वाचित, चिनियाँ राष्ट्रपति सीद्वारा किमलाई बधाई

जनगणतन्त्र कोरियाको महासचिवमा किम जोङ उन निर्वाचित, चिनियाँ राष्ट्रपति सीद्वारा किमलाई बधाई

काठमाडौँ : विश्व–साम्राज्यवादलाई तहसनहस पारिरहेको र आफ्नै किसिमको समाजवादको प्रयोग गरेर विश्वमै नमुना बनिरहेको शक्तिशाली मुलुक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारूढ दल कोरियाली वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीको आठौँ महाधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले जनाएको छ ।

पार्टीको महासचिवका रूपमा मार्सल किम जोङ उनभन्दा अगाडि किम जोङ इल र त्यसभन्दा अगाडि आधुनिक कोरियाका निर्माता तथा कोरियाली समाजवादका प्रवर्तक किम इल सुङले नेतृत्व प्रदान गरेका थिए । पार्टीको महाधिवेशन र बैठकले किम जोङ उनलाई महासचिव बनाउन सर्वसम्मत निर्णय गरेको पनि समाचारमा जनाइएको छ । महासचिवमा निर्वाचित भएपछि उनी झनै शक्तिशाली बनेका छन् । किम जोङ उन झनै शक्तिशाली बनेको विषय विश्व–साम्राज्यवाद र समाजवादका विरोधीहरूका लागि भने थप टाउको दुखाइको विषय बनेको छ ।

जनगणतन्त्र कोरियाका सर्वोच्च नेता जनगणतन्त्र कोरियाको जनमुक्ति सेनाको पनि सर्वोच्च कमान्डर रहने व्यवस्था छ । मार्सल किम जोङ उन राज्यका अरू पनि धेरै प्रमुख र महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् । जनगणतन्त्र कोरियाको सत्तासीन पार्टी कोरियाली वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किम जोङ उनलाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिन पिङले बधाई ज्ञापान गरेका छन् । राष्ट्रपति सीले सोमबार महासचिव किम जोङ उनलाई बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामनासमेत दिएको समाचारमा उल्लेख छ । सीले महासचिवका रूपमा किमसँगको सहकार्य पनि अझ राम्रो हुने विश्वास व्यक्त गरेका छन् ।

एजेन्सीहरूको समेत सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :