रुसले नेपाललाई दिने भयो २ करोड ५० लाख डोज कोरोना खोप

रुसले नेपाललाई दिने भयो २ करोड ५० लाख डोज कोरोना खोप

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणको महामारीले ग्रस्त विश्वमा सबैभन्दा पहिले खोप निर्माण गर्न सफल मुलुक रुसले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ २ करोड ५० लाख डोज नेपाललाई उपलब्ध गराउने भएको छ ।

समाचार संस्था रोयटर्सले रुसको विदेश मन्त्रालयको भनाइ उद्धृत गर्दै २ करोड ५० लाख (२५ मिलियन) डोज खोप उपलब्ध गराउन रुस तयार रहेको उल्लेख गरेको छ । रुसले लामो समयदेखि नेपाललाई खोप उपलब्ध गराउन आफू तयार रहेको बताइरहेको छ । नेपालस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेको प्राप्त समाचरमा जनाइएको छ ।

कामचलाउ वली सरकारका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारत, चीन, रसियालगायत मुलुकहरुसँग खोपका बारेमा कुराकानी भइरहेको बताएका थिए । सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत खोप ल्याउने तयारी भइरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :