नेपालमा आज ३९० जना कोरोना सङ्क्रमित निको भए, ५ जनाको मृत्यु

नेपालमा आज ३९० जना कोरोना सङ्क्रमित निको भए, ५ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ३९० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । यो कुल सङ्क्रमितको ९७ दशमलब ६ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा १७७ महिला र २५३ पुरुष गरी जम्मा ४३० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा ११५ महिला र १४४ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा २५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ३०० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ९३२ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ४०८ रहेको छ । त्यसमा आई.सी.यु.मा १५७ जना र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा २ हजार २८० जना र क्वारेन्टाइनमा २३७ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : ताप्लेजुङ, रुकुम (पश्चिम), मुगु र बाजुरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :