तीन दिन लगातार पानी पर्ने प्रक्षेपण

तीन दिन लगातार पानी पर्ने प्रक्षेपण

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मङ्गलबार दिउँसोबाट बिहीबारसम्म लगातार पानी पर्ने सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य परिवर्तनको अवस्था नरहे पनि आज दिउँसोदेखि बिहीबारसम्म मुलुकका विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

वर्षासँगै देशका विभिन्न भूभागमा तापक्रम घटेर चिसो बढ्ने तथा तराईका जिल्लाहरूमा अझै हुस्सु लागिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :