नेपालमा आज ४९५ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८९९ पुग्यो

नेपालमा आज ४९५ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८९९ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ४९५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५६ हजार १६१ पुगेको छ । यो कुल सङ्क्रमितको ९७ दशमलब ३ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा १४४ महिला र २६५ पुरुष गरी जम्मा ४०९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा ७२ महिला र १६१ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा १८४ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८९९ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १३३ रहेको छ । त्यसमा आई.सी.यु.मा १९७ जना र भेन्टिलेटरमा ३० जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा १ हजार ६०८ जना र क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : सोलुखुम्बु, डोल्पा र मुगु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :