अमेरिकामा २ करोड १३ लाख ५३ हजार कोरोना सङ्क्रमित, ३ लाख ६२ हजारको मृत्यु

अमेरिकामा २ करोड १३ लाख ५३ हजार कोरोना सङ्क्रमित, ३ लाख ६२ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या २ करोड १३ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ९० हजार १६५ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड १३ लाख ५३ हजार ५१ पुगेको हो । सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड २७ लाख ३६ हजार ५१२ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

त्यसैगरी अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३ लाख ६२ हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ९८७ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या ३ लाख ६२ हजार १२३ पुगेको छ । त्यस्तै उपचार गराइरहेका ८२ लाख ५४ हजार ४१६ जनामध्ये २९ हजार ५८२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :