जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष विक गिरफ्तार

जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष विक गिरफ्तार

काठमाडौँ : जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सादा पोसाकमा आफूहरू सीआईबीका प्रहरी हौँ भन्दै आएको पाँचछजनाको टोलीले विकलाई चक्रपथ महाराजगन्जस्थित नारायणगोपाल चोकबाट सोमबार दिउँसो ३ बजे गिरफ्तार गरेको जनाइएको छ ।

गिरफ्तारपछि विकलाई बेपत्ता बनाइएको छ । उनको अवस्थाबारे परिवारलाई समेत जानकारी नदिइएको पारिवारिक स्रोतले जनाएको छ । विक सङ्गठनको राष्ट्रिय सम्मेलनको तयारीमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :