आकाशमा हुरुरु

गीत

आकाशमा हुरुरु

१. आकाशमा हुरुरु मालचरीको हूल
क्रान्तिमा ए साथी नगर्नू है भूल
आइसक्यो हेर न लालसेनाको हूल
फुटिसक्यो ए साथी क्रान्तिको मूल ।

पूर्व मेची पश्चिम काली सबैतिर जाली
जनताले पार्नुपर्छ अब यिनलाई खाली
चटके र पटकेलाई दिनु हुन्न ताली
गर्छन् यिनले जनतामा जाली भाषण खालि ।

आकाशमा हुरुरु मालचरीको हूल
क्रान्तिमा ए साथी नगर्नू है भूल
आइसक्यो हेर न लालसेनाको हूल
फुटिसक्यो ए साथी क्रान्तिको मूल ।

२. जनताको आन्दोलनले राणा गए, पञ्च
फेरि पनि फटाहाले कब्जा गरे मञ्च
जाक्दैछन् फेरि पनि उही पुरानो मञ्च
फाल्नुपर्छ जरैबाट यो दलाली तन्त्र ।

आकाशमा हुरुरु मालचरीको हूल
क्रान्तिमा ए साथी नगर्नू है भूल
आइसक्यो हेर न लालसेनाको हूल
फुटिसक्यो ए साथी क्रान्तिको मूल ।

३. बोलाउँदैछन् दलालले विदेशीलाई देशमा
आउँदैछन् दुष्टहरू साधु–सन्त भेषमा
विदेशीको मानो खाई शासन गर्छन् देशमा
राष्ट्रवादी छानो हाल्छन् दौरा–सुरुवाल भेषमा ।

आकाशमा हुरुरु मालचरीको हूल
क्रान्तिमा ए साथी नगर्नू है भूल
आइसक्यो हेन न लालसेनाको हूल
फुटिसक्यो ए साथी क्रान्तिको मूल ।

४. युवाहरू बिदेसिए खाली भए गाउँ
बूढाबूढी भन्न थाले हामी कता जाऊँ ?
जाऊ साथी जनतामा मायाप्रीति लाऊ
लालकिल्ला बनाउन फेरि त्यही ठाउँ ।

आकाशमा हुरुरु मालचरीको हूल
क्रान्तिमा ए साथी नगर्नू है भूल
आइसक्यो हेर न लालसेनाको हूल
फुटिसक्यो ए साथी क्रान्तिको मूल ।

५. धोका दिए गद्दारले क्रान्तिमा हेर
जनताको बलिदान फालिदिए खेर
मिल्न गए आफूखुसी वर्गवैरीतिर
अहिले आफैँ टाउको ठोकी रोइराछन् हेर
आकाशमा हुरुरु मालचरीको हूल
क्रान्तिमा ए साथी नगर्नू है भूल
आइसक्यो हेन न लालसेनाको हूल
फुटिसक्यो ए साथी क्रान्तिको मूल ।

६. जनताले खास्सखुस्स गर्न थाले अरे
एकीकृत जनक्रान्ति चल्न थाल्यो अरे
दलाल सत्ता हेर अब ढल्न थाल्यो अरे
वैज्ञानिक समाजवाद आउन थाल्यो अरे ।

आकाशमा हुरुरु मालचरीको हूल
क्रान्तिमा ए साथी नगर्नू है भूल
आइसक्यो हेर न लालसेनाको हूल
फुटिसक्यो ए साथी क्रान्तिको मूल ।

७. उर्र्लिएर आयो हेर क्रान्तिको भेल
कोही परे जेल–नेल कोही परे भेल
वर्गवैरी गर्दैछन् फेरि जाल–झेल
हेर्दै जाऊ कस्तो हुन्छ क्रान्तिको खेल ।

आकाशमा हुरुरु मालचरीको हूल
क्रान्तिमा ए साथी नगर्नू है भूल
आइसक्यो हेर न लालसेनाको हूल
फुटिसक्यो ए साथी क्रान्तिको मूल ।

८. उठौँ अब सबै आदिबासी, जनजाति
महिला, दलित, उत्पीडित सबै जातजाति
सबैभन्दा ठूलो हुन्छ वर्गीय साथी
वर्गभन्दा कहिल्यै ठूलो हुन्न जीवनसाथी ।

आकाशमा हुरुरु मालचरीको हूल
क्रान्तिमा ए साथी नगर्नू है भूल
आइसक्यो हेन न लालसेनाको हूल
फुटिसक्यो ए साथी क्रान्तिको मूल ।

९. कलाकार, पत्रकार, बुद्धिजीवी सबै
एकाकार हुनुपर्छ क्रान्तिमा सबै
मजदुर, किसान, श्रमजीवी उठे अब सबै
क्रान्तिकारी शक्तिहरू जुटे अब सबै ।

आकाशमा हुरुरु मालचरीको हूल
क्रान्तिमा ए साथी नगर्नू है भूल
आइसक्यो हेर न लालसेनाको हूल
फुटिसक्यो ए साथी क्रान्तिको मूल ।

१०. आऊ साथी गाऊँ हामी जनताका गीत
सङ्घर्षको मैदानमा भयो हाम्रो भेट
हुने भयो हेर अब क्रान्तिको जित
बाँचे फेरि मैदानमा होला हाम्रो भेट ।

आकाशमा हुरुरु मालचरीको हूल
क्रान्तिमा ए साथी नगर्नू है भूल
आइसक्यो हेर न लालसेनाको हूल
फुटिसक्यो ए साथी क्रान्तिको मूल ।

रचना मिति : २०७७ पुस २० गते सोमबार कैलाली, कारागार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :