नेपालमा आज ५७८ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

नेपालमा आज ५७८ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ५७८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । यो कुल सङ्क्रमितको ९७ दशमलब ३ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा १८४ महिला र ३३८ पुरुष गरी जम्मा ५२२ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा ९३ महिला र १३९ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ५५१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८९३ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २२५ रहेको छ । त्यसमा आई.सी.यु.मा २०३ जना र भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा १ हजार ७१४ जना र क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : सोलुखुम्बु र मुगु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :