ओइलिएको फूल

ओइलिएको फूल

न त टिप्छ कसैले
न त चुम्छ भमरा नै
न त हराभरा फक्र्न नै मिल्छ
तिमी त ओइलिएको फूल
तिमी त चुँडिएको फूल !

मन्दिरमा चढाउन पनि नमिल्ने
प्रेमी र प्रेमिकालाई लोभ्याउन पनि नमिल्ने
तिमी त ओइलिएको फूल
तिमी त चुँडिएको फूल !

सजाउनलाई न सौन्दर्य छ
न त मग्मगाउने सुवास छर्न सक्छौ
फक्रिन नपाउँदै चुँडिएपछि
कोपिलामै सौन्दर्य लुटिएपछि
कहाँबाट छर्नु सुवास ?
स्याहार्ने मालीले नै अलपत्र छोडेपछि
न त फूल नै रह्यौ
न त फक्रिन नै पायौ
न त बगैँचाको भयौ
न त मालीको नै भयौ
तिमी त ओइलिएको फूल
तिमी त चुँडिएको फूल !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :