नेपालमा आज ७५० जना कोरोना सङ्क्रमित निको भए, ६ जनाको मृत्यु

नेपालमा आज ७५० जना कोरोना सङ्क्रमित निको भए, ६ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ७५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७११ रहेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ४१९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :