युनाइटेडद्वारा एस्टन भिल्ला २–१ गोलले पराजित

युनाइटेडद्वारा एस्टन भिल्ला २–१ गोलले पराजित

काठमाडौँ : म्यान्चेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिएको छ । शुक्रबार घरेलु मैदानमा युनाइटेडले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको छ ।

युनाइटेडको जितमा एन्थोनी मार्टियल र ब्रुनो फर्नान्डेजले गोल गरे । पाहुना टोलीका बट्र्रेन्ड ट्रेयरले एक गोल फर्काए ।

जितसहित युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अङ्क बराबरी गरेको छ । दुवै टोलीको ३३ अङ्क भए पनि गोलअन्तरका आधारमा लिभरपुल शीर्ष स्थानमा छ ।

युनाइटेडले पछिल्ला १० मध्ये ८ खेलमा जित निकालेको छ । एस्टन भिल्ला २६ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :