आज कतै बर्सात् र कतै हिमपातको सम्भावना

आज कतै बर्सात् र कतै हिमपातको सम्भावना

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका केही भूभागमा वर्षा र हिमपात हुनसक्ने जनाएको छ । पश्चिमी वायुको प्रभावले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो । यस्तै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशका पहाडी भूभागमा सामान्यतया मौसम सफा रहे पनि तराई क्षेत्रमा हुस्सु लागिरहेको र आज बिहान काठमाडौँ उपत्यकाको तापक्रम १.३ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोका कारणले वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने हुँदा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :