नेपालमा आज ७४८ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

नेपालमा आज ७४८ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ७४८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५३ हजार १०७ पुगेको छ । यो कुल सङ्क्रमितको ९७ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा १५३ महिला र २७३ पुरुष गरी जम्मा ४२६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा ७२ महिला र ९५ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा १६७ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८६४ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ४८ रहेको छ । त्यसमा आई.सी.यु.मा २३४ जना र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा २ हजार ८९० जना र क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : महोत्तरी र मुगु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :