जनपत्रकार सङ्गठनको नेतृत्व फेरियो, राष्ट्रिय सम्मेलन वैशाख २५ र २६ गते गर्ने निर्णय

जनपत्रकार सङ्गठनको नेतृत्व फेरियो, राष्ट्रिय सम्मेलन वैशाख २५ र २६ गते गर्ने निर्णय

काठमाडौँ : नेकपा निकट पत्रकारहरूको सङ्गठन जनपत्रकार सङ्गठन नेपालले आगामी वैशाख २५ र २६ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सङ्गठनको यही १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सङ्गठनका संयोजक शेरबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्न विश्वकर्माको संयोजकत्वमा ४१ सदस्यीय ‘तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति’ गठन गरिएको जनाइएको छ । त्यसैगरी बैठकले आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासङ्घको सम्मेलनमा प्रभावकारी उपस्थितिसहित सहभागिता जनाउने निर्णय पनि गरेको छ । बैठकले श्रमजीवी पत्रकारहरूका हकअधिकारहरूबारे सशक्त रूपमा आवाज उठाउँदै सङ्घर्ष गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :