नेपालमा आज ४४७ जना कोरोना सङ्क्रमित निको भए, ९ जनाको मृत्यु

नेपालमा आज ४४७ जना कोरोना सङ्क्रमित निको भए, ९ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ४४७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । यो कुल सङ्क्रमितको ९६ दशमलब ८ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा १९६ महिला र ३३८ पुरुष गरी जम्मा ५३४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १०३ महिला र १४४ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा २४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८५६ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३७८ रहेको छ । त्यसमा आई.सी.यु.मा २३६ जना र भेन्टिलेटरमा ३६ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा २ हजार ८७२ जना र क्वारेन्टाइनमा ३६२ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : महोत्तरी, मुगु र रुकुम पश्चिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :