क्रान्तिकारी माओवादीको स्थायी समितिद्वारा रणनीतिक संयुक्त मोर्चाको नीति पारित, वलीको कदम फासिवादी रहेको निष्कर्ष

क्रान्तिकारी माओवादीको स्थायी समितिद्वारा रणनीतिक संयुक्त मोर्चाको नीति पारित, वलीको कदम फासिवादी रहेको निष्कर्ष

काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले वर्तमान सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरूको समाधानका निम्ति सङ्घीय जनगणतन्त्रको स्थापनाका लागि कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरूलाई आह्वान गरेको छ ।

केपी वलीले संसद् विघटन गरी चालेको कदम फासिवादी रहेको निष्कर्ष पनि क्रान्तिकारी माओवादीले निकालेको छ । वलीको कदमपछि नेपालमा दलाल पुँजीवादी संसद्वादी व्यवस्था असफल भएको पुनः प्रमाणित भएको निष्कर्ष निकाल्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि विप्लव नेतृत्वको नेकपासहित चार दलले रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेको तीन दिनपछि क्रान्तिकारी माओवादीको स्थायी समिति बैठकले वलीद्वारा गरिएको संसद् विघटनको कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा सङ्कटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम रहेको र यो गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताकै विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फासिवादी कदम रहेको निष्कर्ष पनि निकालेको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री वलीद्वारा गरिएको संसद् विघटनको यो कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा सङ्कटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम हो । साथै यो गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताकै विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फासिवादी कदम पनि हो । वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको यसप्रकारको सङ्कटको निकास मध्यावधि निर्वाचनद्वारा हुनै सक्दैन । यस सङ्कटको वास्तविक निकास वर्तमान राज्यसत्ता तथा व्यवस्थाको अन्त्य, सङ्घीय जनगणतान्त्रिक व्यवस्था एवम् सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुनसक्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘आज देशमा आन्तरिक तथा बाह्य रूपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूको चलखेल तीव्र रूपमा बढ्दै गएको छ । देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, जनताका जनतान्त्रिक हकअधिकारको प्राप्ति र जनजीविकाको सुनिश्चितताको प्रश्नमा गंभीर खतरा उत्पन्न भएको छ । यस स्थितिमा हाम्रो पार्टी वर्तमान सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरूको समाधानका निम्ति सङ्घीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरूसित विशेष अनुरोध गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :