कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्यो, एकै दिनमा १४ हजार ७४४ सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्यो, एकै दिनमा १४ हजार ७४४ सङ्क्रमितको मृत्यु

काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमणले विश्वभर एकै दिन १४ हजार ७४४ जनाको मृत्यु भएको छ । एकै दिनमा भएको यो आजसम्मकै सबैभन्दा बढी मृतक सङ्ख्या रहेको वर्ल्डोमिटर्सले जनाएको छ । बुधबार १४ हजार ११० सङ्क्रमितको मृत्यु भएको थियो ।

चीनको वुहानमा एक वर्षअघि सुरु भएको ठानिएको कोरोना सङ्क्रमण विश्वका २१८ मुलुकमा फैलिएको छ ।

कोरोना सङ्क्रमणको तेस्रो लहर र नयाँ प्रजातिको सङ्क्रमण फैलिरहेको युरोपेली मुलुकमा पछिल्लो २४ घन्टामा धेरै सङ्क्रमितको मृत्यु भएको छ । युरोपेली मुलुकमा मात्रै एकै दिन ५ हजार ७६३ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । उत्तर अमेरिकी मुलुकहरूमा पनि एकै दिन ५ हजार ९२ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ३ लाख ५० हजार ७७८ जनाको मृत्यु भइसकेको छ ।

एसियाली मुलुकमा भने पछिल्लो २४ घन्टामा १ हजार ५९१ सङ्क्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी मुलुकहरूमा १ हजार ७९६, अफ्रिकामा ७०१ र ओसिनियामा पछिल्लो २४ घन्टामा थप १ जना सङ्क्रमितको मृत्यु भएको छ ।

विश्वभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड २३ लाख ८६ हजार ४३० पुगेको र १ लाख ६ हजार ६१६ जनाको अवस्था गम्भीर रहेको पनि समाचारमा जनाएको छ । कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८ करोड ३० लाख ६० हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :