पश्चिमी वायुका कारण मौसम परिवर्तन

पश्चिमी वायुका कारण मौसम परिवर्तन

काठमाडौँ : मुलुकभर आज पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भेगमा आंशिक बदली अवस्था रहेको र पश्चिमी तराईका क्षेत्रमा हुस्सु लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागबाहेकका क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम् तापक्रम एक दशमलव दुई डिग्री सेल्सियस छ । आज अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ ।

पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

चिसो रहिरहने हुँदा तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोका कारण वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :