कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १८ लाखनजिक

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १८ लाखनजिक

काठमाडौँ : विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट १७ लाख ९६ हजार २६९ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ८ करोड २३ लाख २१ हजार ३५८ पुगेको र सङ्क्रमितमध्ये २ करोड २१ लाख ९३ हजार ७९१ जना सक्रिय सङ्क्रमित रहेको जनाइएको छ । १ लाख ५ हजार ९३९ को स्वास्थ्य अवस्था भने गम्भीर रहेको छ ।

सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा ३ लाख ४६ हजार ५७९ जनाको मृत्यु भइसकेको छ । एक करोड ९९ लाख ७७ हजार ७०४ जनामा सङ्क्रमण फैलिएको र ७७ लाख ८६ हजार ६५३ जनामा सक्रिय सङ्क्रमण रहेको बताइएको छ । तीमध्ये २९ हजार १३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र १ करोड १८ लाख ४४ हजार ४७२ जनाले भने कोरोना जितेको पनि समाचारमा जनाइएको छ ।

कोरोना सङ्क्रमण फैलिनेमा दोस्रो स्थानमा रहेको मुलुक भारतमा १ लाख ४८ हजार ४७५ जनाको मृत्यु भएको र १ करोड २ लाख ४५ हजार ३२६ जनामा सङ्क्रमण भएको बताइएको छ । २ लाख ६३ हजार ५१२ जनामा सक्रिय सङ्क्रमण रहेको, ८ हजार ९४४ को स्वास्थ्य अवस्था गम्भीर रहेको र ९८ लाख ३३ हजार ३३९ जनाले कोरोनालाई जितेको पनि समाचारमा उल्लेख छ ।

नेपालमा भने सङ्क्रमितको सङ्ख्या २ लाख ५९ हजार ५४८ जना पुगेको छ । नेपाल सङ्क्रमित मुलुकको ४० औँ स्थानमा रहेको छ । नेपालमा विगत २४ घन्टामा ७०८ जना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :