पाठ्यपुस्तकमा रहेको अन्योल अन्त्य गर्न माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

पाठ्यपुस्तकमा रहेको अन्योल अन्त्य गर्न माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

काठमाडौँ : अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानै लागू गर्ने भन्ने विषयमा सरकार अहिलेसम्म पनि गम्भीर नदेखिएको भन्दै कपिलवस्तु, अर्घाखाँचीलगायत जिल्लामा विरोध प्रदर्शन गरेको छ । कोरोना महामारीले लामो समयसम्म पठनपाठन बन्द रहेको अवस्थामा केही सहजपछि विद्यालय सञ्चालनमा आए पनि शिक्षक र विद्यार्थीले कुन पाठ्यपुस्तक पढाउने र पढ्ने हो भन्नेमा दलाल फासिवादी सरकारले अहिलेसम्म पनि अन्योल उत्पन्न गरेको भन्दै पाठ्यपुस्तकबारे अन्योल तत्काल हटाउन र नयाँ पाठ्यक्रम लागू गर्न माग गर्दै सङ्घर्ष सुरु गरिएको अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकले बताए ।

नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्ने–नगर्ने विषयमा असोज २५ गते सर्वाेच्च अदालतमा रिट दायर गरेर अहिलेसम्म पनि सम्मानित सर्वाेच्च अदालतले सातपटकसम्म पेसी सारेपछि झन् विद्यार्थी अन्योलमा परेकाले समयमा फैसला गरेर विद्यार्थीलाई न्याय दिनुपर्ने संयोजक विकले बताए ।

प्रकाशकहरूले पुरानो पुस्तक अहिले पनि धेरै गोदाममा भएको र पुस्तक बिक्री नभएसम्म पुरानै पाठ्यक्रम लागू गर्नुपर्ने नाजायज माग राखेर दलाल सरकारको सहयोगमा रिट दायर गरेकोमा सङ्गठनले गम्भीर आपत्ति जनाएको छ ।

विरोध कार्यक्रममा सहभागी विद्यार्थीले “विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइँदैन, विद्यार्थीलाई कतिसम्म अन्योलमा राख्छौ दलाल सरकार ? सम्मानित सर्वाेच्च अदालत विद्यार्थीको भविष्य अन्योल पार्ने रिटमाथि कहिलेसम्म फैसला ? पुस्तक व्यवसायीको समस्या होला तर दलाल र पुस्तक व्यवसायीका कारण विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइँदैन यो कसैलाई पनि छुट छैन । वैज्ञानिक समाजवादी शिक्षा लागू गर, दलाल संसदीय शिक्षा खारेज गर, अखिल क्रान्तिकारी जिन्दावाद’ लगायत नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :