शुल्क फिर्ता गर्न अखिल क्रान्तिकारीको ५ दिने अल्टिमेटम

शुल्क फिर्ता गर्न अखिल क्रान्तिकारीको ५ दिने अल्टिमेटम

कपिलवस्तु : अखिल क्रान्तिकारी कपिलवस्तुले अङ्गे्रजी शिक्षा, सर्टिफिकेटका नाममा शिक्षा नामावलीविपरीत लिएको शुल्क अभिभावकलाई फिर्ता गर्न ५ दिने अल्टिमेटम दिएको छ ।

अखिल क्रान्तिकारीले कोरोना सङ्कट र विद्यालय बन्दाबन्दीको अवधिको समेत शुल्क असुल गरेको भन्दै त्यसो नगर्न पटकपटक अनुरोध गर्दा पनि उक्त कार्य नरोकिएको भन्दै अखिल क्रान्तिकारीले अल्टिमेटम दिएको हो । सङ्गठनले कपिलवस्तुका ३ वटा सरकारी विद्यालयहरू वाणगङ्गा नगरपालिका पिपरास्थित जनता मावि, बुद्धभूमिनगर इमिलियास्थित शिवराजनगर शिवपुरस्थित नेपाल आदर्श माविलाई अल्टिमेटम दिएको हो ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीको नेतृत्वमा गएको टोलीले अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको हो । सङ्गठनले ५ दिनभित्र अभिभावकको पैसा फिर्ता गर्न, सङ्गठनको मागप्रति जिम्मेवार बन्न र बेवास्ता नगर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :