नेपालमा आज ७३१ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

नेपालमा आज ७३१ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ७३१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । यो कुल सङ्क्रमितको ९६ दशमलब ८ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा २७० महिला र ४३८ पुरुष गरी जम्मा ७०८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १५६ महिला र २४२ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ३९८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ६ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८४० पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३९६ रहेको छ । त्यसमा आई.सी.यु.मा २२८ जना र भेन्टिलेटरमा ४० जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा २ हजार ९५८ जना र क्वारेन्टाइनमा ३६५ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : महोत्तरी, सर्लाही, सिरहा, मुगु र रुकुम पश्चिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :