नेपालमा आज ७१८ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८३२ पुग्यो

नेपालमा आज ७१८ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८३२ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ७१८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५० हजार ५८१ पुगेको छ । यो कुल सङ्क्रमितको ९६ दशमलब ८ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा २५२ महिला र ४०७ पुरुष गरी जम्मा ६५९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १११ महिला र १६७ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा २७८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ५७८ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८३२ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ४२७ रहेको छ । त्यसमा आई.सी.यु.मा २५४ जना र भेन्टिलेटरमा ४० जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३ हजार २२ जना र क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : महोत्तरी, सर्लाही, सिरहा, मुगु र रुकुम पश्चिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :