महासचिव विप्लवद्वारा सोनाम साथीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा सोनाम साथीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली कम्युनिस्ट आन्दोलनका एक हस्ती सोनाम साथीको मृत्युले पार्टीलाई स्तब्ध बनाएको भन्दै उहाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । महासचिव विप्लवले शनिबार श्रद्धाञ्जली वक्तव्यमार्फत इमानदार कम्युनिस्ट नेता सर्वहारा जीवन शैली र माक्र्सवादप्रति आजिवन निष्ठा र प्रतिबद्ध सोनाम साथीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

महासचिव विप्लवले श्रद्धाञ्जली वक्तव्यमा भनेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनका एक हस्ती कमरेड सोनाम साथीको मृत्युको खबरले हामी स्तब्ध भएका छौं । इमानदार कम्युनिस्ट नेता सर्वहारा जीवन शैली र माक्र्सवादप्रति आजिवन निष्ठा र प्रतिबद्ध कमरेड सोनाम साथीप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकाकुल सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।’ श्रद्धाञ्जली वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :