नेपालमा आज ७३९ जना कोरोना सङ्क्रमित निको भए, ५ जनाको मृत्यु

नेपालमा आज ७३९ जना कोरोना सङ्क्रमित निको भए, ५ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ७३९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ४७ हजार ४०० पुगेको छ । यो कुल सङ्क्रमितको ९६ दशमलब ४ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा २३३ महिला र ३८० पुरुष गरी जम्मा ६१३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १०० महिला र १४४ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा २४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ५१० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८०८ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३८४ रहेको छ । त्यसमा आई.सी.यु.मा २६१ जना र भेन्टिलेटरमा ४९ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३ हजार ९३३ जना र क्वारेन्टाइनमा ४०० जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्ला मुगु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :