महासचिव विप्लवद्वारा पार्टीका पूर्वकेन्द्रीय सदस्य मकर गुरुङप्रति हार्दिक श्रद्धाञ्जली !

महासचिव विप्लवद्वारा पार्टीका पूर्वकेन्द्रीय सदस्य मकर गुरुङप्रति हार्दिक श्रद्धाञ्जली !

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका पूर्वकेन्द्रीय सदस्य मकरध्वज गुरुङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति आत्मीय समवेदना व्यक्त गरेका छन् । लामो समयदेखि मुटुरोगले ग्रस्त नेता गुरुङको मङ्गलबार काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।

महासचिव विप्लवद्वारा जारी श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका पूर्वकेन्द्रीय सदस्य कमरेड मकरध्वज गुरुङको २०७७ पुस ७ गते निधन भएकोमा सिङ्गो पार्टीपङ्क्ति शोकमग्न भएको छ । २००३ साल भदौ ५ गते तेह्रथुम जिल्लाको म्याडुममा जन्मनुभएका कमरेड गुरुङले तत्कालीन झापा विद्रोहबाट प्रभावित भई तत्कालीन ने.क.पा. (माले) मा आबद्ध भएर राजनीतिक जीवनको आरम्भ गर्नुभएको थियो । २०५८ सालमा तत्कालीन ने.क.पा. (माओवादी) मा समावेश भई उहाँले जनयुद्धका क्रममा महत्वपूर्ण भूमिका पूरा गर्नुभएको थियो ।’

महासचिव विप्लवको वक्तव्यमा अगाडि भनिएको छ, ‘शान्तिप्रक्रियापछि पार्टी र आन्दोलनका कयौँ उतारचढावहरूमा सदैव क्रान्तिकारी पक्षधरता कायम राख्दै लामो समयदेखि मुटुरोगले प्रतिकूल अवस्था हुँदाहुँदै पनि पछिल्लो समय जनगणतान्त्रिक मञ्चको इन्चार्जको जिम्मेवारीमा रही देशभरिका क्रान्तिकारीहरूलाई सङ्गठित गर्ने कार्यमा उल्लेखनीय योगदान गर्नुभएको थियो । इमानदार र मिलनसार कमरेड मकरले जीवनभर कायम राख्नुभएको निःस्वार्थ निष्ठा, क्रान्ति र परिवर्तनप्रतिको प्रगाढ आस्था र विश्वास सदा अविस्मरणीय रहेको छ । हाम्रो पार्टी कमरेड मकरध्वज गुरुङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल सम्पूर्ण परिवारजनप्रति आत्मीय समवेदना प्रकट गर्दछ ।’ श्रद्धाञ्जली वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :