नेपालमा आज ९५२ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८०३ पुग्यो

नेपालमा आज ९५२ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८०३ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ९५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ४६ हजार ६६१ पुगेको छ । यो कुल सङ्क्रमितको ९६ दशमलब ३ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा २७९ महिला र ४६४ पुरुष गरी जम्मा ७४३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा ११८ महिला र २०० पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ३१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ६ हजार ५५९ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८०३ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ५१५ रहेको छ । त्यसमा आई.सी.यु.मा २५८ जना र भेन्टिलेटरमा ५० जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ४ हजार ११९ जना र क्वारेन्टाइनमा ४०९ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ र ललितपुर रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्ला मुगु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :