क्रान्तिकारी युवाहरूको भेला

क्रान्तिकारी युवाहरूको भेला

रूपन्देही : जिल्लाको सियारी गाउँपालिकामा युवा सङ्गठन नेपालको भेला सम्पन्न भएको छ । भेलाले रमेशकुमार थारूको अध्यक्षतामा १३ सदस्यीय २ नम्बर वडा एकाइ समिति गठन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले युवाहरू दलाल संसदीय व्यवस्थाविरुद्ध सङ्घर्ष गर्दै एकीकृत जनक्रान्तिका पक्षमा सङ्गठित हुन आवश्यक रहेको बताए । उनले स्थानीय तहमा देखिएको भ्रष्टाचार, कमिसन, ढिलासुस्तीविरुद्ध सङ्घर्ष गर्न युवाहरूलाई निर्देशनसमेत दिए ।

भेलामा नेकपा सियारी गाउँपालिकाका इन्चार्ज रोमियो र युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष साइमनले राजनीतिक र सामाजिक विसङ्गतिविरुद्ध युवाहरू सङ्घर्षमा जुट्न अनिवार्य भएको बताएका थिए । वक्ताहरूले स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि युवाहरू आफैँ सङ्गठित र आन्दोलित हुन जरुरी भएकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :