कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १७ लाख २२ हजार ८३७

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १७ लाख २२ हजार ८३७

काठमाडौँ : विश्वमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १७ लाख २२ हजार ८३७ पुगेको छ । विगत २४ घन्टामा १३ हजार १६९ जनाले कोरोनाबाट ज्यान गुमाएको वर्ल्डोमिटर्सले जनाएको छ ।

गत २४ घन्टामा ६ लाख ४ हजार ८०१ सङ्क्रमित थपिएपछि अहिलेसम्म विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ । सङ्क्रमितमध्ये २ करोड १५ लाख १२ हजार ७२ जनामा सक्रिय सङ्क्रमण रहेको र १ लाख ६ हजार ३८२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोना सङ्क्रमणलाई जित्नेको सङ्ख्या भने ५ करोड ५१ लाख ११ हजार ३७० छ ।

सङ्क्रमित राष्ट्रको सूचीमा अमेरिका एक नम्बरमै छ । अमेरिकामा १ करोड ८६ लाख ८४ हजार ४५४ जना सङ्क्रमित भएका छन् भने ३ लाख ३० हजार ८१३ जनाले ज्यान गुमाइसकेका छन् । नेपाल भने सङ्क्रमित मुलुकको सूचीमा ४० औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :