दलाल संसदीय व्यवस्था असफल, वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध होऔँ : मोर्चा

काठमाडौँ : नेपाली प्रगतिशील मोर्चा मलेसियाले विज्ञप्ति जारी गर्दै नेपालमा दलाल पुँजीवादको प्रतिनिधित्व गर्ने संसदीय व्यवस्था असफल साबित भएकाले वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आह्वान गरेको छ । अध्यक्ष विजय लामा र महासचिव तुफान सिंहले जारी गरेको प्रेस विज्ञप्तिमा सम्पूर्ण नेपालीहरूको मुक्तिको बाटो भनेको वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्तिको बाटो नै वस्तुगत वास्तविकता रहेको र यही दूरदर्शी विचारसहित क्रान्तिमा होमिएको नेकपाको निर्णय र सङ्घर्ष महत्वपूर्ण, संवेदनशील र सान्दर्भिक रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दलाल संसदीय व्यवस्थाभित्र न्यायोचित मुक्ति र समुन्नत समाजको परिकल्पना, श्रमजीवी वर्गमाथि शोषण उत्पीडन कायम राख्दै तथाकथित दलाल, भ्रष्ट, तस्करहरूको शासनसत्ता कायम राख्न रचिएको शब्दजाल र भ्रम मात्र हो । यसको विकल्प वैज्ञानिक समाजवाद हो र आजको सम्पूर्ण नेपालीहरूको मुक्तिको बाटो भनेको भनेको वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्तिको बाटो नै वस्तुगत वास्तविकता हो भन्ने दूरदर्शी विचारसहित क्रान्तिमा होमिएको विप्लव नेतृत्वको नेकपाको निर्णय र सङ्घर्ष कति महत्वपूर्ण र संवेदनशील साथै सान्दर्भिक छ भन्ने कुराको पुष्टि अहिलेको व्यवस्थाको असफलता र राजनीतिक घटनाक्रमले झनै पुष्टि गरेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संविधानको धज्जी उडाउँदै राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने केपी सरकार, आफ्नै पार्टी एक तिहाइ बहुमतको नजिक रहेको संसद् विघटनको निर्णयमा पुग्नुको कारण संसदीय व्यवस्थाको चलचित्र, व्यक्तिगत महत्वाकाङ्क्षा स्वेच्छाचारी रबैया, संसदीय व्यवस्थामा रहेको दलाल र विदेशीहरूको गुलामहरूको प्रवृत्तिका कारण विदेशी घुसपैठ आदि मुख्य हुन् । यो नै दलाल संसदीय व्यवस्थाको सक्कली रुप हो । त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी देशमा तथा विदेशमा छरिएर रहनुभएका बौद्धिक श्रमजीवी युवाहरू यतिबेला हामीले गम्भीरतापूर्वक सोच्ने र क्रान्तिमा होमिने बेला भएको छ । क्रान्तिबाट मात्र देश जनताको मुक्ति समुन्नत नेपाल निर्माण गर्न सकिन्छ । सम्पूर्ण प्रकारका उत्पीडन र वैदेशिक हस्तक्षेपबाट देश र जनतालाई मुक्त गर्न वैज्ञानिक समाजवादको विकल्प छैन भन्ने कुरा ३० वर्षसम्मको संसदीय अभ्यासले प्रस्टै देखाएको छ । लोकतान्त्रका नाममा भ्रमको खेती गर्ने केपी दलाल सरकार झनै संसद् विघटनले संसदीय व्यवस्था जनताको पक्षमा छ कि अमूक दलालहरूको हितमा छ भन्ने प्रस्ट भएको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘साथै अहिलेको राष्ट्रिय सङ्कटलाई गम्भीरतापूर्वक नलिने हो भने राष्ट्रय झनै ठूलो सङ्कटमा फस्ने खतरा छ । यसलाई रोक्नु हामी सबैको दायित्व हो । त्यसकारण हाम्रो गौरवशाली पार्टी नेकपा निकट जनप्रगतिशील मोर्चा मलेसिया यो हार्दिक अपिल गर्दछौँ– दलाल संसदीय व्यवस्थाको भ्रममा नपरौँ । एकीकृत जनक्रान्तिमार्फत प्रतिक्रान्तिलाई ध्वस्त पार्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि एकजुट भई अगाडि बढौँ । अबको सङ्घर्ष निर्णायक र ७० वर्षसम्म नेपाली जनताले गरेको बलिदानीपूर्ण सङ्घर्षको विजयको दिन हुनेछ जसको सुनिश्चितता वैज्ञानिक समाजवादबाट मात्र सम्भव छ ।’ विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :