६४४ गोल गर्दै मेस्सीले तोडे पेलेको कीर्तिमान

६४४ गोल गर्दै मेस्सीले तोडे पेलेको कीर्तिमान

एजेन्सी : अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सीले सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड भङ्ग गरेका छन् । बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै उनले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भङ्ग गरेका हुन् ।

मङ्गलबार भएको स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई ३–० ले पराजित गरेको खेलमा पेड्रीको ब्याकहिल पासमा मेस्सीले तेस्रो गोल गर्दै पेलेको रेकर्ड भङ्ग गरेका हुन् ।

मेस्सीकै पासमा क्लेमेन्ट लिन्गलेटले हेडमार्फत पाहुना टोली बार्सिलोनालाई अघि बढाएका थिए । ३५औँ मिनेटमा मार्टिन बे्रथवेट बार्सिलोनाको अग्रता दोब्बर बनाए । ईन्जुरी समयमा मेस्सीको प्रहार पोस्टमा लागेको थियो ।

ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । उनले सन् १९५६ देखि १९७४ सम्म ब्राजिली क्लब सान्तोषबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए । उनले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारे । यस सिजनको अन्त्यसँगै मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :