नेपालमा आज ९६६ जना कोरोना सङ्क्रमित निको भए, ७२२ सङ्क्रमित थपिए

नेपालमा आज ९६६ जना कोरोना सङ्क्रमित निको भए, ७२२ सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ९६६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ४५ हजार ७०९ पुगेको छ । यो कुल सङ्क्रमितको ९६ दशमलब ३ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ३१० महिला र ४१२ पुरुष गरी जम्मा ७२२ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १६० महिला र २०५ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ३६५ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ७ हजार नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ३ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७९८ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ७२९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा ४१३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :