थारुवान संयुक्त प्रदेशले जारी गर्यो चेतावनीमूलक सूचना

थारुवान संयुक्त प्रदेशले जारी गर्यो चेतावनीमूलक सूचना

कैलाली : थारुवान संयुक्त प्रदेश कैलालीले जमिनदार रणबहादुर शाहको लालपुर हरैया शिविरमा रहेको अन्दाजी २३ बिघा जमिन आफ्नो कब्जामा रहेको जनाएको छ ।

थारुवान संयुक्त प्रदेशले सूचना जारी गरी भूमाफिया राजनीतिक तथा दलालहरूको मिलोमतोमा किसानहरूबाट हडपेकाले उक्त जमिन अहिले पनि थारुवान संयुक्त प्रदेश नेपाल कैलालीको नियन्त्रणमा रहेको जनाएको हो ।

प्रदेशले ‘यो जमिनमा जोकोही खरिद, बिक्री वा लिजमा वा अधियाँ तथा भौतिक निर्माणकार्यमा संलग्न रहेको देखिएमा कडाभन्दा कडा कारबाहीको सामना गर्नुपर्ने’ भनी सूचना पनि टाँसेको कैलालीबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :