विश्वभर कोरोनाबाट १७ लाख बढीको ज्यान गयो, ७ करोड ७७ लाख सङ्क्रमित

विश्वभर कोरोनाबाट १७ लाख बढीको ज्यान गयो, ७ करोड ७७ लाख सङ्क्रमित

काठमाडौँ : विश्वमा मङ्गलबार बिहानसम्म कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १७ लाख ८ हजार ८३७ पुगेको छ । गत २४ घन्टामा ८ हजार ८९९ जना सङ्क्रमितको मृत्यु भएको हाे ।

प्राप्त समाचारअनुसार गत २४ घन्टामा ५ लाख ३४ हजार बढी कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ करोड ७७ लाख नाघेको छ । २ करोड १४ लाख १५ हजार ५७९ सक्रिय सङ्क्रमितमध्ये १ लाख ६ हजार २७९ जना गम्भीर बिरामी रहेको पनि जनाइएको छ ।

विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ८५ हजार ९२२ जना सङ्क्रमणमुक्त भएसँगै विश्वभर सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ करोड ४५ लाख ८८ हजार ९४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :