संसदीय व्यवस्था असफल, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न जुटौँ : नेपाली जनप्रगतिशील मोर्चा युरोप

काठमाडौँ : युरोपभरि छरिएर रहेका क्रान्तिकारी, मालेमावादी नेपालीहरूको साझा सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा युरोपले केपी वलीको प्रस्तावमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधीसभा भङ्ग गरेसँगै नेपालमा संसदीय व्यवस्था असफल भएको पुनः एकपटक पुष्टि भएको निष्कर्ष निकाल्दै दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट मुलुकको शान्ति, समृद्धि, विभेद अन्त्य नहुने भएकाले वैज्ञानिक समाज निर्माण अभियानमा जुट्न क्रान्तिकारी शक्तिहरूलाई आह्वान गरेको छ ।

मोर्चाका अध्यक्ष विष्णु भुजेलले जारी गरेको वक्तव्यमा वलीको उक्त अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको कडा शब्दमा भत्र्सना गर्दै नेपाली जनताको आवश्यकता र जनभावनालाई सम्बोधन गर्न असफल भएपछि घरेलु प्रतिक्रियावाद र साम्राज्यवादको इसारामा केपी वलीले चालेको यस कदमले दलाल तथा संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको अपरिहार्यतालाई अझै ठोस बनाएको उल्लेख छ ।वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा वलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रतिनिधिसभा भङ्ग गरेसँगै नेपालमा संसदीय व्यवस्थाको असफलता पुनः एकपटक पुष्टि भएको छ । प्रधानमन्त्रीको उक्त अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको हामी कडा शब्दमा भत्र्सना गर्दछौँ ।’

वक्तव्यमा भनिएको छ, ‘दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट शान्ति, समृद्धि, विभेदमुक्त र समुन्नत वैज्ञानिक समाजको निर्माण सम्भव हुँदैन । नेपाली जनताको आवश्यकता र जनभावनालाई सम्बोधन गर्न असफल भएपछि घरेलु प्रतिक्रियावाद र साम्राज्यवादको इशारामा केपी शर्मा वलीले चालेको यस कदमले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको अपरिहार्यतालाई अझै ठोस बनाएको छ । विश्व कोरोना महामारीलाई न्यूनीकरण गर्दै यसले जनजीवनमा पारेको आर्थिक अस्तव्यस्तताबाट कसरी बच्ने भन्ने छलफलमा केन्द्रित भइरहेको छ । आफ्ना गुटगत स्वार्थहरू छोडेर राष्ट्रिय एकता कायम गर्दै नेपाली जनताको सेवामा जुट्न, विदेशी बजारमा श्रम बेच्न बाध्य देशका कुल जनसङ्ख्याको झन्डै एक तिहाइ युवा पुस्तालाई देश फर्काउन, उत्प्रेरक, आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा लाग्न र विश्व–साम्राज्यवादले आफ्नो अनुकूल नेपाललाई प्रयोग गर्ने विविध षड्यन्त्रहरूको प्रतिरोध गर्न छोडेर नितान्त आफू र आफ्नो गुटका लागि सत्ता–शक्तिको प्रयोग गर्ने यो संसद्वादी प्रवृत्तिको आमजनताले प्रतिरोध गर्न जरुरी छ ।’

वक्तव्यमा भनिएको छ, ‘वर्तमान सुख्खा गणतन्त्रमा विकसित भएका घटनाक्रमहरूले कुनै दल वा व्यक्तिभन्दा पनि यो राज्यप्रणाली नै असफल भएको प्रमाणित गरेको छ । त्यसैले संसारभरि रहेका सम्पूर्ण श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा केपी शर्मा वलीको फासिवादी कदमको विरोध गर्दै वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाका निम्ति संवाद र सहकार्यसहित अघि बढ्न अपिल गर्दछौँ ।’ विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :