नेपालमा आज १,०९७ जना कोरोना सङ्क्रमित निको भए, ११ जनाको मृत्यु

नेपालमा आज १,०९७ जना कोरोना सङ्क्रमित निको भए, ११ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ९७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ४३ हजार ६६४ पुगेको छ । यो कुल सङ्क्रमितको ९६ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा २२३ महिला र ३६५ पुरुष गरी जम्मा ५८८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा भक्तपुर २६, ललितपुर ३३ र काठमाडौँमा १७९ गरी जम्मा काठमाडौँ उपत्यकामा २३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ६२० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७८१ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ३२० रहेको छ । त्यसमा आई.सी.यु.मा २६५ जना र भेन्टिलेटरमा ९१ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ४ हजार ८३७ जना र क्वारेन्टाइनमा ४२१ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ र ललितपुर रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : मनाङ र मुगु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :