कोरोनाबाट मर्नेको सङ्ख्या १६ लाख ८० हजार र सङ्क्रमितको सङ्ख्या ७ करोड ५९ लाख नाघ्यो

कोरोनाबाट मर्नेको सङ्ख्या १६ लाख ८० हजार र सङ्क्रमितको सङ्ख्या ७ करोड ५९ लाख नाघ्यो

काठमाडौँ : विश्वभर कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या १६ लाख ८० हजार नाघेको छ । वर्ल्डोमिटर्सले दिएको जानकारीअनुसार बितेको २४ घन्टामा कोरोनाबाट १२ हजारभन्दा बढीको मृत्यु भएको छ । योसँगै १६ लाख ८० हजार १९९ कोरोना सङ्क्रमितको मृत्यु भएकोे जनाइएको छ ।

पछिल्लो २४ घन्टामा विश्वभर २ लाख ३ हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण भएको छ । योसँगै विश्वभर सङ्क्रमित सङ्ख्या ७ करोड ५९ लाख नाघेको छ ।

यसैक्रममा शनिबार बिहानसम्म विश्वभर ५ करोड ३२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएको एक वर्ष बित्दा यसका विरुद्धको खोप पनि विकास भएको छ । खोप प्रयोग नगरी सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा विश्वभर ३ लाख ९८ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । योसँगै विश्वभर सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ करोड ३२ लाख नाघेको छ ।

हाल विश्वमा २ करोड १ लाख ५२ हजार ९१२ सक्रिय सङ्क्रमित छन् । तीमध्ये १ लाख ६ हजार ९२२ जना गम्भीर बिरामी छन् ।

सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा सङ्क्रमित सङ्ख्या १ करोड ७८ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाख २० हजारभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :