नेपाली जनप्रगतिशील मोर्चा कतारद्वारा जगतप्रति श्रद्धाञ्जली

नेपाली जनप्रगतिशील मोर्चा कतारद्वारा जगतप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा कतारले प्रहरी नियन्त्रणमा रहदा ज्यान गुमाउने नेकपाका म्याग्दी जिल्ला सदस्य तथा जिल्ला जनसरकार प्रमुख गजेन्द्र पुन ‘जगत’ प्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

जनप्रगतिशील मोर्चा कतारले एक शोक विज्ञप्ति जारी गर्दै आफूलाई लोकतन्त्रको हिमायती बताउने सरकारले जगतलाई राजनैतिक आस्थाकै आधारमा गिरफ्तार गरी गम्भीर विरामी पर्दा पनि उपचार नगरी मृत्युको मुखमा पुर्याएको भन्दै आक्रोस ब्यक्त गरेको छ ।

जनप्रगतिशील मोर्चा कतारका महासचिव रविन पुनले जारी गरेको शोक विज्ञप्तिमा जनयुद्धको बेलामा पनि यातनासँंगै विभिन्न ठाउँमा जेल हिरासत बेहोरेका जगतलाई गणतन्त्र सरकारको प्रहरी प्रशासनले मृत्युको मुखमा पुर्याएको भन्दै उनको मृत्युको छानविन गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :