युवा सङ्गठन र विद्यार्थीको संयुक्त भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) बझाङ र युवा सङ्गठन नेपाल बझाङको जिल्ला भेला संयुक्त रूपमा सम्पन्न भएको छ ।

संयुक्त रूपमा आयोजित भेलामा प्रमुख अतिथि पार्टी जिल्ला इन्चार्ज विराट र अतिथिहरूमा पार्टी सचिव हरिलाल, अखिल (क्रान्तिकारी) सेती–महाकाली संयोजक वीरेन्द्र शाह, युवा सङ्गठन नेपालका ब्युरो संयोजक कमल, विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य प्रकाश, तिलकलगायत जिल्लास्तरका अन्य नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

जिल्ला भेलाले शिखर थापाको अध्यक्षतामा अखिल (क्रान्तिकारी) को ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समाचारमा जनाइएअनुसार अटल जोशीको अध्यक्षतामा युवा सङ्गठन नेपाल बझाङको १३ सदस्यीय जिल्ला समिति चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :