गिरफ्तार गरिएका ढकाललाई तुरुन्त रिहा गरः नेकपा

गिरफ्तार गरिएका ढकाललाई तुरुन्त रिहा गरः नेकपा

काडमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले आफ्नो पार्टीका ब्युरो सदस्य गणेश ढकाललाई गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेको छ । सो पार्टीका कार्यवाहाक ब्युरो इन्चार्ज सत्यमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बिरामी अबस्थामा रहेका ढकाललाई अमानवीय तरिकाले गिरफ्तार गरेको भन्दै प्रशासनको रवैयाप्रति आपत्ति प्रकट गरेका छन् ।

सत्यमको विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि खराब स्वास्थ र केही पारिवारिक समस्याका कारण आफ्नो घरमा आराम गरिरहेको अवस्थामा पौष १ गते केपी ओलीको सामाजिक दलाल सरकारको गृह प्रशासनले अमानवीय एवम् अनैतिक तरिकाले कैलाली, लम्कीस्थित आफ्नै निवासबाट लखेटी–लखेटी गरिएको गैर न्यायीक गिरफ्तारीप्रति सेती–महाकाली ब्युरो घोर निन्दा एवम् आपत्ति प्रकट गर्दछ ।’

कम्युनिस्टको नक्कली खोल ओडेर राष्ट्रघात र जनघात जस्ता जनविरोधी क्रियाकलाप गरिरहेको सरकारले गिरफ्तार गरिएका आफ्ना पार्टीका कार्यकर्ता रिहा नगरे प्रतिरोधात्मक संघर्ष ल्याउने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्टको नक्कली खोल ओडेर राष्ट्रघात र जनघात जस्ता जनविरोधी क्रियाकलाप गरेर बदनाम भ्रष्ट फासिवादी केपी ओली सरकारका घृणित दमनकारी हरकतहरुको जति भत्सर्ना गरे पनि कम हुन्छ । अतः गिरफ्तार कमरेड गणेश ढकाललाई अबिलम्ब स–सम्मान रिहा गरियोस् तथा सिङ्गो सेती–महाकालीका जिल्लाहरुमा चलाइएको प्रहरी अप्रेसन तुरुन्त रोकियोस् । अन्यथा हाम्रो पार्टी प्रतिरोधात्मक संघर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :