नेपालमा आज १,९९६ जना कोरोना सङ्क्रमित निको भए, १४ जनाको मृत्यु

नेपालमा आज १,९९६ जना कोरोना सङ्क्रमित निको भए, १४ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ९९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ३७ हजार ५६९ पुगेको छ । यो कुल सङ्क्रमितको ९५ दशमलब ३ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ३५१ महिला र ५८५ पुरुष गरी जम्मा ९३६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १७४ महिला र २६४ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ४३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ७ हजार ११७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार १८० पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७३० पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ८८१ रहेको छ । त्यसमा आई.सी.यु.मा ३२१ जना र भेन्टिलेटरमा ४८ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ६ हजार १०३ जना र क्वारेन्टाइनमा ४५७ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ, ललितपुर र कास्की रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :