अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोद्वारा परियारप्रति श्रद्वाञ्जली व्यक्त

अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोद्वारा परियारप्रति श्रद्वाञ्जली व्यक्त

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले अखिल (क्रान्तिकारी) नवलपरासीका संयोजक सुशील परियारकी आमा रूपाकुमारी परियारको ४४ बर्षको उमेरमा सोमबार भीरबाट लडेर भएको असायमिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक बिरेन्द्र विकले मंगलबार शोक वक्तव्य जारी गर्दै ममतामयी आमा रूपाकुमारी परियारको निधनले दुखित बनाएको भन्दै सुशील परियार र शोकसन्तप्त परिवार एवम् आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

ब्युरो संयोजक बिरेन्द्र विकले वक्तव्यमा भनेका छन्, ‘हाम्रो संगठन अखिल (क्रान्तिकारी) नवलपरासीका संयोजक कमरेड सुशील परियारकी ममतामयी आमा मालिका गाउँपालिका वडा नं. २ दर्लिङ गुल्मी निवासी रूपाकुमारी परियारको ४४ बर्षको उमेरमा २०७७ मङ्सिर २९ गते घर नजिकैको अर्चाक जङ्गलमा घाँस काट्न गएको अवस्थामा भीरबाट लडेर असामयिक निधन भएको दुःखद् खबरले अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ । उहाँको अकल्पनीय निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं ।’

संयोजक विकले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘क्रान्ति योद्धाको जन्मदिने आदरणीय आमा हामी र हाम्रो संगठनका लागि समेत प्रेरणाको स्रोत हुनु हुन्थ्यो । उहाँको निधनले कमरेड सुशील परियारलाई मात्र होइन, हामीलाई समेत ठूलो क्षति पुर्याएको छ । यस दुःखद् घडीमा आदरणीय आमा रुपाकुमारी परियारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै कमरेड सुशील परियार लगायत शोकाकुल परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :